नेताहरुको कार्यविभाजन मिलाउन ओली र दाहाल फेरि छलफलमा | Khabarhub Khabarhub

नेताहरुको कार्यविभाजन मिलाउन ओली र दाहाल फेरि छलफलमा


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएपछि सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छलफलमा जुटेका छन् । नेताहरुको कार्यविभाजनलगायतका विषय टुंग्याउन अध्यक्षद्वय ओली र दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा अहिले वार्ता भइरहेको छ ।

गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेलसहित अध्यक्षद्वय दिउँसो साढे १ बजेदेखि छलफल भइरहेको एक नेताले बताए । नेकपा नेताहरुको कार्यविभाजन टुंग्याउन आइतबार साँझपनि अध्यक्षद्वय, थापा र पौडेलसहित बालुवाटारमा वार्तामा बसेका थिए ।

आज विहान हुने भनिएको नेकपा केन्द्रीय सचिवालयको बैठकअघि कार्यविभाजन टुंग्याउन नेतृत्व तहमा वार्ता भएको थियो । तर, अध्यक्षस्तरमा सहमति जुट्न नसकेपछि आज विहान बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको थियो । छिट्टै केन्द्रीय सचिवालयको बैठक मार्फत् कार्यविभाजन टुंग्याउने गरी शीर्ष नेताहरु बालुवाटार बैठकमा जुटेपनि अध्यक्षद्वयको जिम्मेवारी निर्धारण र संगठन विभाग प्रमुख चयनसम्बन्धमा अध्यक्षद्वयबीच मतभेद रहेको छ ।

अध्यक्ष ओली सरकार प्रमुख भएकाले आफूलाई पार्टी नेतृत्व दिनुपर्ने माग अर्का अध्यक्ष प्रचण्डले गरेका छन् । तर यसमा ओली सहमत छैनन् । यसैगरी ओलीले गृहमन्त्री थापालाई संगठन विभाग प्रमुख बनाउन चाहेका छन् भने प्रचण्डले बरिष्ठ नेता वामदेव गौतमलाई अघि सारेका छन् ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ३ : १७ बजे

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी– स्थानीय तहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती

बारम्बार तिर्खा लाग्नु स्वास्थ्य समस्या हुन सक्छ !

काठमाडौँ– अहिले गर्मी मौसम सुरु भएको छ । गर्मीमा पसिना

आईपिएल : ८९ रनमा समेटिएको गुजरातमाथि दिल्लीको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको

कतै मेघगर्जन र चट्याङसहितको वर्षा, कतै हावाहुरी

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल