तीन दिनदेखि वैदेशिक रोजगारीमा जाने कामदारको उडान ठप्प | Khabarhub Khabarhub

तीन दिनदेखि वैदेशिक रोजगारीमा जाने कामदारको उडान ठप्प


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रोजगारीका लागि विभिन्न मुलुक जाने कामदारका कारण खचाखच हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीनदेखि ह्वत्तै चाप घटेको छ । सरकारसमक्ष विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका वैदेशिक रोजगार व्यवसायीले विदेश जाने कामदारको हवाइ जहाज टिकट काट्न बन्द गरेपछि विमानस्थलमा यात्रुको स‌ंख्या घटेको हो ।

कामदार पठाउन बन्द गरेसंगै कामदारका कारण खचाखच हुने विमानस्थल सुनसान बनेको सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका वैदेशिक रोजगार व्यवसाय संघका प्रतिनिधिले बताए । संघले मलेसियाको रोजगारी तत्काल खुलाउनु पर्ने, म्यानपावर कम्पनीको धरौटी रकमबाट ब्याज पाउनुपर्नेलगायतका माग राख्दै आन्दोलनमा उत्रिएको छ । उनीहरुले आन्दोलन स्वरुप यही जेठ १७ देखि २३ गतेसम्म कामदार विदेश पठाउन ठप्प परेका छन् ।

संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले व्यवसायीका माग सम्बोधनका लागि गम्भीर नभएको र व्यवसायीलाई एकलौटी पलेर जान खोजेको भन्दै थप आन्दोलन गर्ने तयारी गरिररहेको जनाएको छ । सोमबार बिहान व्यवसायी कामदार गइरहेका छन् की छैन भनेर छड्के अनुमगनका लागि विमानस्थल पुगेका थिए । व्यवसायी विमानस्थल जादाँ विमानस्थलभित्रको प्रतिक्षालय सुनुसान रहेको संघका प्रथम उपाध्यक्ष रामप्रसाद भान्तनाले जानकारी दिए ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ११ : ३३ बजे

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्