पाकिस्तानी प्रधानमन्त्री इमरान अजिंगरको छालाले बनेको चप्पल लगाउँछन् ? | Khabarhub Khabarhub

पाकिस्तानी प्रधानमन्त्री इमरान अजिंगरको छालाले बनेको चप्पल लगाउँछन् ?


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तको राजधानी पेशावरमा इमरान खानको लागि चर्चित चप्पल बनाउने व्यक्ति नूरउद्दीन चाचा यसपटक उनका लागि सर्पको छालाबाट बनेको विशेष प्रकारको चप्पल बनाइरहेका छन् ।

यो चप्पल इमरान खानलाई यदको उपहारको रुपमा दिनका लागि तयार गरिँदैछ । नूरउद्दीन चाचाले बीबीसीसँग बताए अनुसार यो चप्पल इमरानका एक जना फ्यानले बनाउन लगाएका हुन् ।  ति फ्यान आफ्ना कप्तानलाई विशेष प्रकारको उपहार दिन चाहन्छन् । नोमान नामका यी व्यक्तिले यसका लागि अमेरिकाबाट सर्पको छाला पठाएका छन् ।

उनको इच्छा छ कि इमरानका लागि सर्पको छालले बनेको चप्पल तयार होस् ।

नूरउद्दीन चाचाले चप्पल तयार गर्न शुरु गरे । उनलाई आशा छ इद भन्दा पहिलो उनी यो चप्पल प्रधानमन्त्री इमरानलाई उपहारको रुपमा पेश गर्न सक्नेछन् ।

‘यो निकै आरामदायी चप्पल हुने छ जसले इमरानलाई गर्मी हुनेछैन । यो चप्पल लगाएर उनी जति काम गरेपनि थाक्ने छैनन् । मलाई आशा छ हाम्रा कप्तानको लागि यो चप्पल निकै मन पर्ने छ ।’

नूरउद्दीन चाचाका ठूला छोला सलामउद्दीनले बीबीसीलाई बताए अनुसार यसपटक उनीहरु जुन चप्पल बनाइरहेका छन् यसलाई विषेश रुपमा तयार गरिँदैछ ।

सलामउद्दीनका अनुसार यो चप्पल बनाउनका लागि चार फिट सर्पको छालाको प्रयोग गरिनेछ ।

यो चप्पल बनाउन कम्तिमा पनि चालिस हजार पाकिस्तानी रुपैयाँ लाग्नेछ । उनका अनुसार यसअघि पाकिस्तानमा सर्पको छालाबाट चप्पल बनाइएको थिएन । हातले बनाउने भएका कारण यो चप्पल बनाउन लामो समय लाग्ने उनको भनाइ छ ।

विश्वमा सर्पको छालाबाट विभिन्न बस्तु तयार गरिन्छ जसलाई शोखिन मानिसले प्रयोग गर्छन् ।

सर्पको होइन अजिंगरको छाला !

अन्तर्राष्ट्रिय बजारमा अजिंगरको छालाबाट बनेको बस्तुको मूल्य हजारौं डलरमा हुने गरेको छ ।

विशेषज्ञहरुका अनुसार यो चप्पल अजिंगरको छालाबाट बनाइँदैछ । किनकी सानो सर्पको छाला कुनै पनि काममा प्रयोग गर्न सकिँदैन । यसकारण ठूलो सर्पको छालाको प्रयोग गरिन्छ जसमा अजिंगर पनि सहभागी हुन्छ ।

यूनिभर्सिटी अफ बाग, पाकिस्तान प्रशासित कश्मीरको पशु विशेषज्ञ प्राध्यापकले सर्पको छालाको तस्वीर देखेपछि यो अजिंगरको छाला भएको दाबी गरे ।

उनका अनुसार पाकिस्तानमा अजिंगर लगभग लोप भएको छ ।  पाकिस्तानमा यस समय कश्मीरको भम्बर जिल्लामा मात्र अजिंगर पाइन्छ ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ८ : १३ बजे

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको