चैनपुरमा भेटियो ६०० वर्ष पुरानो इँटा | Khabarhub Khabarhub

चैनपुरमा भेटियो ६०० वर्ष पुरानो इँटा


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा–चैनपुर बजारमा ६०० वर्ष पुरानो इँटा फेला परेको छ । चैनपुर नगरपालिका–६ मा मल्लकालीन समयमा उत्पादन भई प्रयोग भएको इँटा भेटिएको हो ।

स्थानीय नारायण श्रेष्ठको घरको पिँढीमा प्रयोग भएको इँटा १४ औँ शताब्दीभन्दा अघिको रहेको इतिहासविद् डा रमेश ढुङ्गेलले दाबी गरे। ढुङ्गेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विज्ञ टोली सदस्य हुन्। “चैनपुरको इतिहासमा नयाँ कुराको प्राप्ति भएको छ”, उनले भने “छ सय वर्षभन्दा पुराना इँटा फेला परेका छन् ।”

ढुङ्गेलका अनुसार यसले चैनपुरको इतिहासमा महत्वपूर्ण प्रमाण थपेको छ । नेपाल एकीकरणभन्दा अगाडि नै चैनपुरको इतिहास रहेकाले यसको संरक्षण आवश्यक रहेको उनले बताए। चैनपुर सङ्खुवासभाको पुरानो सदरमुकाम पनि हो । उक्त इँटाको लम्बाइ १४ इन्च, चौडाइ आठ इन्च र मोटाइ दुई इन्च छ ।

पुरातत्त्व विभाग, जनप्रतिनिधि र स्थानीयलाई आह्वान गरी इँटाको रेलिङ राखेर सुरक्षा गर्नुपर्ने उनक भनाइ छ । यसबारे विभागमा लिखित जानकारी गराउने उनले बताए ।

यसअघि हटिया गोलामा पुरानो हतियार फेला परेको थियो । यसले इतिहास थप भएको चैनपुरका प्रमुख भरतकुमार खत्रीले बताए । “चैनपुर बजारमा अझै पुराना शैलीका घर प्रशस्त छन्”, उनले भने, “मल्लकालीन इँटा फेला परेकाले यस क्षेत्रको महत्व अझ बढेको छ ।” स्थानीय सरकारले यस्ता पुरातात्विक महत्व बोकेका सम्पदाको संरक्षणको काम थाल्ने उनको भनाइ छ ।

नवौँदेखि १४औँ शताब्दीसम्म यस प्रकारको इँटा उत्पादन भएको देखिएको स्थानीय रामकुमार दाहालको भनाइ छ । चैनपुरका अन्य घरमा पनि यस्तै इँटा प्रयोग भएको उनले सुनाए ।

पुराना इँटा प्रयोग भएको घरका धनी श्रेष्ठ भने विराटनगरमा बस्दै आएका छन् ।

चैनपुर बजारमै रहेको मेजरपाटीलाई त्यस समयमा बस्नेत पौवा भनिने गरेको पाइएको ढुङ्गेलको भनाइ छ । भोट र सिक्किममा युद्ध लडेर चैनपुरलाई एकीकृत नेपालमा मिलाउन दोस्रो मुख्य काजी वक्तावरसिंह बस्नेतसहितको टोलीको योगदान रहेको इतिहास छ ।

विक्रम संवत् १८४५ मा स्थानीयस्तरमा नेतृत्व गर्ने आशा खत्री, मनोहर डाँगी, स्वरुप डाँगी, विश्राम राउत र लिम्बू जातिका लडाकुलगायत विभिन्न जनजातिलाई आफ्नो पक्षमा लिएर चैनपुरलाई नेपालको क्षेत्रमा राखिएको ढुङ्गेलले बताए । उनका नुसार १८३०/३१ मा पृथ्वीनारायण शाहका पालामा वक्तावरसिंहका बुबा जनरल अभिमानसिंह बस्नेतको फौजले लडाइँ नगरी चैनपुर क्षेत्रलाई एकीकृत नेपालमा मिलाएको इतिहासमा उल्लेख छ ।

सिक्किम र भोटको युद्धले चैनपुरलाई आफ्नो बनाएको थियो तर पछि वक्तावरसिंहको टोलीले फिर्ता ल्याएको थियो । चैनपुर फिर्ता भएको विजयको खुशियालीमा मेजरपाटी बनाइएको ढुङ्गेलको भनाइ छ । उनका अनुसार चैनपुरकै बानेश्वर मन्दिरमा पनि टेरकोटा भैरवको मूर्ति छ । उक्त मूर्ति २५० वर्ष पुरानो रहेको उहाँले उल्लेख गर्नुभयो । सिद्धकाली मन्दिरमा सिक्किमले शासन गरेको समयमा लेखिएको शिलालेख अझै छ । त्यसमा ‘ॐ आ हुँम’ तान्त्रिक मन्त्र लेखिएको पाइन्छ ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ७ : ११ बजे

युएईविरुद्ध नेपालको खराब सुरुवात, दुवै ओपनर आउट

काठमाडौं–  नेपालले युएईविरुद्धको खेलमा खराब सुरुवात गरेको छ । एसीसी

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३