रेलले किच्दा दुई नेपालीको मृत्यु | Khabarhub Khabarhub

रेलले किच्दा दुई नेपालीको मृत्यु


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– रेलले किच्दा दुई नेपालीको मृत्यु भएको छ । झापाको काँकडभिटाका एउटै परिवारका दुई जनाको भारतमा रेलले किचेर मृत्यु भएको हो ।

शनिबार दिउँसो भारतको बाघपुल नजिक उनीहरुलाई रेलले किचेको हो । आफन्त भेट्न टिष्टा पुगेका झापा मेचीनगर नगरपालिका ७ का ३३ वर्षीय इन्द्र श्रेष्ठ र उनका छोरा ११ वर्षीय रोहन श्रेष्ठको रेलले किच्दा मृत्यु भएको हो। घटनामा इन्द्रकी श्रीमती डम्बरी श्रेष्ठ घाइते भएकी छन् ।

उनलाई विराटनगरस्थित नोवेल अस्पतालमा राखिएको मृतक इन्द्रका दाजु खेमराज श्रेष्ठले बताए। खेमराजका अनुसार जेठा छोरा १३ वर्षीय रोशुसहित चारजना बुधबार काँकरभिट्टा घरबाट निस्केका थिए ।

शनिबार बिहान खाना खाएर रेलको लिक नजिकैको रुखको फेदमा शीतल खोज्दै गएका इन्द्रलाई तीव्रगतिमा आएको रेलले किचेको थियो। इन्द्रलाई रेलले किचेपछि जोगाउन गएकी आमाको पछिपछि गएका रोहनलाई समेत रेलले किचेको हो।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ६ : ४२ बजे

‘हिमालयन हाइड्रो एक्स्पो-२०२४’ सुरु

काठमाडौं– काठमाडौँ–विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु

कतारका अमिर स्वदेश फिर्ता

काठमाडौं– मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी

‘डिप फेक’को शिकार बने रणवीर  

काठमाडौं– एकपछि अर्को गर्दै बलिउड कलाकारहरु ‘डिप फेक’ भिडियोको शिकार

एक जना मन्त्री सहित सरकार विस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

कर्णाली– सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका यामलाल

विपक्षीले अपव्याख्या गरे, हाम्रो सरकार २०८४ सम्म जान्छ : खगराज अधिकारी

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेकपा (एमाले) बाट लाभका