सरकारको नीति तथा कार्यक्रममा श्रम रोजगारीका ५ वटा योजना | Khabarhub Khabarhub

सरकारको नीति तथा कार्यक्रममा श्रम रोजगारीका ५ वटा योजना


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा पेश गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम श्रम  तथा रोजगारका ५ वटा नयाँ योजना परेका छन् ।

नीति कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगारीमा जाने कामदारका हकमा श्रम सम्झौता अनिवार्य, थप ५ लाख युवालाई रोजगारी सिर्जना, ३ लाख युवालाई स्वरोजगारी कार्यक्रम र रोजगारीसँग निवार्हभत्ताको व्यवस्था गरिने महत्वपुर्ण योजना छन् ।

यी कार्यक्रममा आगामी वर्षदेखि सञ्चालन र कार्यन्वयनमा ल्याइने सरकारको योजना छ ।

संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगारी अन्त्य गर्ने बताइन् ।  वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सरकारीस्तरमा श्रम सम्झौता अनिवार्य कार्यक्रममा समावेश गरिएको छ ।

त्यसैगरी देशभित्र काम गर्ने श्रमिकलाई तलब बैंकमार्फत अनिवार्य गरिने कार्यक्रममा उल्लेख छ ।  आगामी एक वर्षभित्र थप ५० हजार र पाँच वर्षभित्र थप ३ लाख युवालाई देशभित्र स्वरोजगार बनाउने योजना नीति तथा कार्यक्रममा  उल्लेख छ ।

देश भित्र काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याए सुरक्षित बनाउने योजना सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नेपाली श्रमिकको हित हुने गरी मलेसिया र जापानसँग सरकारीस्तर श्रम सम्झौता गरिएको,  देश भित्र काम गर्ने श्रमिकलाई रोजगारी ग्यारेन्टी गरिने लगायतका नीति सार्वजनिक गरिएको छ ।

राष्ट्रपति भण्डारीले  संसदमा सम्बोधन गर्दै निर्माण उत्पादनलगातका क्षेमा आगामी वर्ष थप ५ लाख रोजगारी सिर्जना गरिने जानकारी गराइन् ।

उनले श्रम ऐन तथा नियमावली लागू गरिने,  रोजगारी सिर्जना गर्नेका लागि उद्योग सञ्चालनमा ल्याइने सरकोको नीति तथा योजना रहेको बताइन् ।

उनले आगामी आवमा सामाजिक सुरक्षाको रकम बृद्धि गरिने जनाइन् । सवैलाई सामाजिक सुरक्षा कोषको कार्ड जारी गरिने  नीति तथा कार्यक्रममा उल्लेख छ ।

युवालाई निर्वाहभत्ता सँगै अनिवार्य रोजगारी व्यवस्था गरिने कार्यक्रममा उल्लेख छ ।

युवालाई रोजगारीसँगै बेरोजगारी भत्ता दिने सरकारको लक्ष्य कार्यक्रममा पेश गरिएको छ । युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्न विभिन्न खालका युवामैत्री कार्यक्रम ल्याइने कार्यक्रममा समावेश गरिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ६ : ५० बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको