आउँदो आर्थिक वर्षबाटै पूर्वपश्चिम रेलमार्ग : राष्ट्रपति | Khabarhub Khabarhub

आउँदो आर्थिक वर्षबाटै पूर्वपश्चिम रेलमार्ग : राष्ट्रपति


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा पेश गर्दै आगामी आर्थिक वर्षभित्रै पूर्वपश्चिम रेलमार्गको निर्माणको काम शुरु हुने उनले बताएकी छिन् ।

आज बसेको संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रमले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने उद्धेश्य राखेको बताइन् ।

उनले दिगो विकास, असमानता अन्त्य र विधिको शासनलाई नीति तथा कार्यक्रमले प्राथमिकतामा राखेको भन्दै संघ, प्रदेश र स्थानीय तहबिचको सम्बन्ध सुदृढ बनाउने समेत बताइन् ।

आगामी साउनदेखि लागू हुन लागेको १५ औँ आवधिक योजना कार्यान्वयन हुने भन्दै उनले २१ सय सम्ममा उच्च मध्यमस्तरीय आय भएको मुलुक बनाउने मुख्य उद्धेश्य रहेको छ ।

आर्थिक वृद्धिदरलाई आगामी ४ वर्षभित्र दोहोरौ अंकमा पुर्‍याउने, अर्थतन्त्रका प्रमुख संवाहक क्षेत्रमा सरकारी लगानी गर्ने, नीजी क्षेत्रलाई समेत प्रोत्साहन गर्ने, नागरिकलाई ठूला आयोजनामा लगानीका लागि आह्वान गर्ने, राष्ट्रिय गौरवका आयोजना निर्धारित समयमा सम्पन्न गर्नेगरी सरकारको नीति तथा कार्यक्रम बनेको राष्ट्रपति भण्डारीले बताइन् ।

२०२१ सम्ममा पोखरा र २०१९ भित्रैमा भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सक्ने लक्ष्य लिएको नीति तथा कार्यक्रमले मेलम्ची आयोजना आगामी आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्नेगरी बजेटको व्यवस्था मिलाउने उनल बताइन् ।

मध्यपहाडी लोकमार्ग, काठमाडौँ तराई फाष्ट ट्रयाक र लोकमार्गको आगामी ४ वर्षभित्रै निर्माण सम्पन्न गर्ने र आगामी आर्थिक वर्षभित्रै पूर्वपश्चिम रेलमार्गको निर्माणको काम शुरु हुने उनले बताइन् ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ४ : ५२ बजे

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन