वुमन्स च्याम्पियन्स लिगमा खेलाडी दर्ता शुरु, प्रतियोगिता भने असोजमा | Khabarhub Khabarhub

वुमन्स च्याम्पियन्स लिगमा खेलाडी दर्ता शुरु, प्रतियोगिता भने असोजमा


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –महिलाको क्रिकेटको फ्रेन्चाईज लिग ‘वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल)का लागि खेलाडी दर्ता खुल्ला गरिएको छ ।

आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टले बिहिबार प्रेस विज्ञप्ति जारी गरी खेलाडी दर्ता प्रक्रिया सुरु भएको जनाएको हो । बिहीबारदेखि शुरुभएको खेलाडी दर्ता प्रक्रिया यही वैशाख २५ गतेसम्म रहने आयोजकले जनाएको छ ।

दर्ताका लागि आयोजकले खेलाडीलाई चार समूहमा बिभाजीत गरेको छ । जसमा डायमण्ड, सफायर, रुबिज र वाइल्ड कार्ड इन्ट्री गरी चार श्रेणी छन् ।

डायमण्ड श्रेणीमा राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडी पर्ने छन् भने, रुबिजमा राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरिसकेका र सफायरमा क्षेत्र वा प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडी पर्दा वाइल्ड कार्ड इन्ट्रीमा भने ट्यालेन्ट हन्टमार्फत छनोट भएका खेलाडी पर्ने छन् । प्रतियोगितामा सहभागी प्रत्येक टोलीले दुई–दुई जना वाइल्ड कार्ड इन्ट्रीका खेलाडीलाई समावेश गर्नुपर्ने प्रावधान आयोजकले बनाएको छ ।

यसैगरी यसअघि जेष्ठ पहिलो साता शुरु हुने भनिएको प्रतियोगिता असोज ३ गतेदेखि ११ गतेसम्मका लागि सारिएको छ । जेष्ठमा प्रधानमन्त्री क्रिकेट प्रतियोगिता हअुने भएपछि प्रतियोगिताको मिती सारिएका आयोजकले जनाएको हो ।

पहिलो संकरणको लिगमा ललितपुर फाल्कोन्स, पोखरा पल्टन,क्यापिटल रोयल्स काठमाडौँ, चितवन राइनोज र विराटनगर टाइटन्सले प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ११ : १७ बजे

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको

रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धयाउने

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका