इन्टरनेटसँग जोडिएका खेलौना पनि साइबर आक्रमणको खतरामा | Khabarhub Khabarhub

इन्टरनेटसँग जोडिएका खेलौना पनि साइबर आक्रमणको खतरामा


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– द्रुत रुपमा वृद्धि भइरहेको इन्टरनेट उपकरणका कारण इन्टरनेटसँग जोडिएका ग्याजेटलाई थप सुरक्षित गर्न बेलायतले नयाँ कानुन बनाउने तयारी गरेको छ ।

सुरक्षा कमजोरीको फाइदा उठाउँदै पछिल्लो केही वर्ष यताबाट साइबर ह्याकरहरुले खेलौना तथा इन्टरनेटमा जोडिएका ओभनहरुलाई लक्षित गर्न थालेपछि सुरक्षा चासो बढाइएको हो ।

नयाँ कानुनअनुसार यस्ता उपकरणहरुमा युनिक पासवर्ड राखिनु पर्नेछ । प्रविधि विज्ञहरुले उपभोक्ताहरुको सुरक्षाका लागि यो सकारात्मक कदम भएको बताएका छन् । बजार विश्लेषक गार्थनरका अनुसार विश्वभर सन् २०१९ को अन्त्यसम्ममा १४ दशमलब २ अर्ब इन्टरनेट जोडिएका उपकरणहरु प्रयोगमा आउने छन् ।

यसमा टेलिभिजन, स्मार्ट स्पिकर तथा घरमा प्रयोग हुने उपकरणहरु इन्टरनेटमा जोडिएका सबै पर्छन् । साइबर आतंकवादीहरुले ह्याक गरी इन्टरनेटमा जोडिएका त्यस्ता उपकरणहरुलाई गलत कार्यमा प्रयोग गर्न सक्ने, व्यक्तिगत तथ्यांक चोर्ने तथा प्रयोगकर्ताको जासूसी गर्ने खतरा रहने छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ८ : ३६ बजे

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना