डा. शेखर कोइरालासँगको अन्तर्वार्ता : जिल्ला सभापतिहरू एक ठाउँमा बसेर छलफल गर्दा किन आपत्ति ? | Khabarhub Khabarhub

डा. शेखर कोइरालासँगको अन्तर्वार्ता : जिल्ला सभापतिहरू एक ठाउँमा बसेर छलफल गर्दा किन आपत्ति ?


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

चुनावी नतिजामा इतिहासकै कमजोर देखिएको नेपाली कांग्रेस यतिबेला आन्तरिक गुटबन्दीको चपेटामा परेको छ । ५० भन्दा बढी जिल्ला सभापतिहरुले पार्टी नेतृत्वमा दबाव दिनका लागि भेला नै बोलाएका छन् । सभापति शेरबहादुर देउवा इतर समूहको बैठक भएको र पार्टीलाई कमजोर बनाउन खोजिएको भन्दै संस्थापन पक्षका जिल्ला सभापतिहरुले यसको विरोध गरिरहेका छन् ।

यसैसन्दर्भ पारेर हामीले कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालासँग पार्टीमा देखिएको मतभेद र समस्या तथा नेपाली कांग्रेसको आशन्न महाधिवेशन र पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी गरेका छौं । प्रस्तुत छ डा. कोइरालासँग गरिएको कुराकानीको सम्पादित अंश–

बुधबार (आज) ५० भन्दा बढी कांग्रेस जिल्ला सभापतिहरुको बैठक बसेको छ । यो भेलाबाट सभापतिलाई कमजोर सावित गर्ने प्रयासका रुपमा संस्थापनका नेताहरुले बताइरहेका छन्, के साच्चै पार्टी सभापतिलाई कमजोर पार्न खोजिएको हो त ?

‘लाइक माइन्डेड’ सभापतिहरु छलफल गर्नु स्वभाविक हो । यसमा विवाद गर्नुपर्ने जरुरत छैन । पार्टीको केन्द्रीय सदस्यहरु शेरबहादुर कहाँ बस्न सक्ने, रामचन्द्र पौडेलको के हुने ? सभापतिहरु एक ठाउँमा बसेर छलफल गर्दा किन आपत्ति ? यसरी विरोध गर्नुको अर्थ हाम्रो पार्टीको नेतृत्व पंक्ति पार्टी भित्रको आन्तरिक प्रजातन्त्र समाप्त पार्ने प्रयत्न गर्दै छ । र, यस्ता भेलालाई विवादको विषय बनाउनु हुँदैन । यस्तो भेला स्वभाविक हो ।

साथीहरुले तपाईं बस्नुस् भन्नुभयो भने बस्नुपर्ला । अगाडि बढनुस् भन्नुभयो भने बढ्नुपर्ला ! यो त महाधिवेशन प्रतिनिधिहरुले डिसाइड गर्ने हो नि । इट्स अर्ली टु से !

धेरै दौडधुप गरिरहनु भएको छ, अब चाँही महाधिवेश लागे छ है ?

महाधिवेशन त आयो नै । पार्टीले महाधिवेशनको तयारी गरेको छैन । जिल्लाहरु घुम्नु पर्‍यो भनेर निस्किरहेको छु । खासगरी जिल्ला सदरमुकामभन्दा मलाई गाउँ घुम्न मन लाग्छ । सदरमुकाम भन्दा धेरैजसो ठाउँमा गाउँ पुग्ने गर्छु ।

नेतृत्वबारे केही सोच बनाउनु भएको छ ?

धेरै सिनियर साथीहरु पनि हुनुहुन्छ । उहाँहरुसँग पनि सिक्दै छु, अहिले । उहाँहरु पनि इच्छुक हुनुहुन्छ । के हुन्छ ? कस्तो हुन्छ ? पार्टीलाई कसरी लैजाने ? कसले सक्छ भन्ने कुराहरु गरिरहेका छौँ । साथीहरुले तपाईं बस्नुस् भन्नुभयो भने बस्नुपर्ला । अगाडि बढनुस् भन्नुभयो भने बढ्नुपर्ला ! यो त महाधिवेशन प्रतिनिधिहरुले डिसाइड गर्ने हो नि । इट्स अर्ली टु से !

कोइराला परिवारका नेताहरु एउटै मालामा जोडिनुभयो । त्यसको प्रतिक्रिया पार्टी सभापतिले कांग्रेस कोइरालको विर्ता होइन भन्नु भयो ! कांग्रेसमा गुटगत समस्या निकै धेरै बढेको छ, पार्टी कमजोर भएको समयमा एक ढिक्का भएर अघि बढ्नुपर्ने होइन र ?

अहिले के समस्या भइरहेको छ भने म जुन परिवारमा जन्मिएँ त्यो परिवारले मलाई राजनीतिक कुराहरु सिकायो । राजनीतिमा नैतिकताको आधारमा हिँड भनेर सिकायो । मलाई लाग्दैन मैले कुनै गलत कुराहरु सभापतिको जीको बारेमा भने होला । सभापतिजीले किन भन्नुभयो त्यो मलाई थाहा भएन त्यो उहाँको विषय हो । उहाँको राजनीति संस्कार होला कि त्यसरी बोल्ने ?

दोस्रो कुरा, सभापतिजीले केही ठाउँहरुमा भन्नुभयो मैले दुई पटक बोलाए, उहाँलाई सम्झाए भन्नु भयो । ठिक हो, सम्झाउनुभयो, बोलाउनुभयो त्यो आफ्नो ठाउँमा छ । तर मैले पनि सभापतिजीलाई के भनेको छु भने तपाईले आफूले पढ्नुहुन्न, हेर्नुहुन्न । तपाइलाई कसैले आएर सुनाइदिन्छ अनि त्यसमा विश्वास गर्नुहुन्छ । म त तपाईकै जुनियर कलिक हो तपाईं मेरो आदरणीय सभापति हो । तपाईं मलाई बोलाएर सोध्नुस् न ! बोलाएर सोध्नुभयो भने म सत्य के हो बताइदिहाल्छु नि । अरुले के भन्छन् भन्ने भरमा चाहिँ नजानुस् । यो कुरा मैले पटक-पटक भनिरहेको छु । तर उहाँ आफ्ना कुलिङ्सहरुले जे भन्छन् त्यसमा विश्वास गर्नुहुन्छ, त अब त्यसको उत्तर छैन मसँग ।

सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेको छैन । जसका कारण सरकारको कद घटिरहेको छ यस्तोमा प्रतिपक्षीले पनि उचाई पाइरहेको छैन किन होला ?

राजनीति गर्ने व्यक्ति संस्था हुन्छ । त्यो संस्था कस्तो छ भन्ने कुरामा मानिस कस्तो छ भन्नेले अर्थ राख्छ । काम गर्ने मानिसले अर्थ राख्छ, त्यहाँ रहेको भवनले कुनै अर्थ राख्दैन । काम गर्नेहरुले गरेनन् भने जति सुकै राम्रो भवन र राम्रो इन्स्ट्रुमेन्ट राखेपनि केही हुँदैन ।
अहिले नेतृत्वमा बस्ने व्यक्तिहरु नैतिकताको कसीमा खरो उत्रन सक्नु भएको छैन । त्यसको फरक-फरक कारणहरु होलान् । धेरै वर्ष सरकारमा बसेपछि बोल्ने तागत आउँदैन कि ? नैतिकताको कसीमा खरो उत्रन नसक्नु भएका कारण समस्या उत्पन्न भएको हो ।

गतिशील र कल्चर्ड लिडरको कल्पना गर्दै गर्दा कांग्रेसले केही गल्ती गर्‍यो र यहाँ पुग्यौं भन्ने महसुस गर्नु भएको छ ?

हामीले गल्ती नै गरेनौं त भन्दिन ।  पब्लिकले के भन्छ भने- राजसंस्था राख्नुपर्थ्यो तपाईंहरुले गल्ती गर्नुभयो । तर मलाई त्यस्तो लाग्दैन । कालान्तरमा हामीले विगार्दै गयौं र पब्लिकले त्यो चाहिन्छ भन्यो भने फरक कुरा हो ।

अर्को संघीयताको कुरा, स्थानीय तहको विषयमा नेपाली कांग्रेस बेखबर थियो । जिल्ला सभापतिहरुले भन्नुभयो- स्थानीय तह गडबढ हुँदैछ । जिल्ला सभापतिहरुसँग छलफल पनि भयो । त्यसपछि बालानन्द शर्माजी भएको ठाउँमा गइयो । छलफल भयो । अनी अलिकति संख्या पनि भन्नु भयो । त्यतिबेलासम्म हामी स्थानीय तहको संख्याको बारेमा समेत बेखर थियौं । पहिलाकै जस्तो हुन्छ भन्ने सोच राखेर पार्टी त चल्दैन नि !

शेखर कोइरालाका लागि कुन चाहिँ राजपा, संघीय समाजवादी वा कसले छोड्यो ? सभापतिले त यो कुरा बुझ्नुपर्‍यो । एकातिर हामीले कमल थापाका लागि सीट छोड्यौं अर्कोतिर सिटौला जीको लागि कमल थापाले सीट छोड्नु नपर्ने त्यस्तो पनि राजनीति हुन्छ ?

त्यस्तै स्थानीय तहमा कहिले माओवादीलाई जिताउन भनेर रेणु दाहालाई समर्थन गर्यौं । अब हामीले संविधानमा हटाउन हुन्थ्यो, राख्नु हुन्थ्यो, केही नलेख्या भए हुन्थ्यो धार्मिक स्वतन्त्रता राखेको भए हुन्थ्यो । प्रयासमा पनि केही कुरामा ‘सिरियसनेस’ नै देखाएनौं हामीले । यो सब विषयमा चुक्यो कांग्रेस ।  ‘इन्ट्रेस्टिङ्ली’ प्रदेशको, केन्द्रको चुनाव भयो हामीले पटक-पटक सोध्यौं तर आजको दिनसम्म पनि जवाफ पाएनौं । स्थानीय तहमा रेणुलाई भोट दिन लागाउनुभयो, किन लगाउनुभयो पार्टीलाई के फाइदा भयो थाहा भएन । जसको परिणाम अब चितवनमा कहिल्यै पनि कांग्रेसले जित्दैन । तीनै क्षेत्र गुमाउँछौं । त्यस्तो अवस्था छ ।

प्रदेशमा अझ रोचक छ । उपेन्द्र यादवलाई नेपाली कांग्रेसले किन सीट छोड्यो थाहा छैन । महन्थ ठाकुलाई किन छोड्यौं थाहा छैन । कमल थापालाई किन छोड्यौं थाहा छैन, विक्रम पाण्डेलाई किन छोड्यौं त्यो पनि थाहा छैन । के को लागि छोड्यौं थाहा छैन । तर शेखर कोइरालाका लागि कुन चाहिँ राजपा, संघीय समाजवादी वा कसले छोड्यो ? सभापतिले त यो कुरा बुझ्नुपर्‍यो । एकातिर हामीले कमल थापाका लागि सिट छोड्यौं अर्कोतिर सिटौला जीको लागि कमल थापाले सीट छोड्नु नपर्ने त्यस्तो पनि राजनीति हुन्छ ?

यो विचित्र भएको छ । यति मात्र होइन महासमितिमा राजनीतिक प्रस्तावमा संसद पुनर्स्थापना लेखिनु पर्थ्यी । यो त इतिहास हो, अन्तर्राष्ट्रिय समुदायले हेर्छ, कांग्रेसको आर्थिक दृष्टिकोण के हो ? धार्मिक दृष्टिकोण के छ ? यसमा संसद पुनर्स्थापनाको कुरा नलेखिनुले हामी चिन्तित भएका छौं ।

नेपाली जनताले छोटो अवधिमा राणा शासन, पञ्चायत, बहुदल, राजाको शासन, गणतन्त्र सबै भोगे । जुन व्यवस्था आएपनि जनताले निराशामात्र हात पार्ने गरेका छन् । लामो समयको राजनीतिक अनुभव र एकजना महत्त्वपूर्ण नेताका हैसियतमा तपाईंले यसलाई कसरी लिनु भएको छ ?

मैले हेरिरहेको छु नेपाली कांग्रेसमा मात्र होइन, नेकपामा पनि त्यही समस्या छ । त्यो भनेको नैतिकताको हो । र अब हामीहरुमा पनि सत्ताको बागडोर सम्हाल्ने बेला आउला,  त्यसमा हामीले छान्ने व्यक्तिहरु सरकारमा होस् वा पार्टीमा होस् नैतिकतामा  खरो उत्रने मानिसलाई मात्र राख्न सक्नुपर्छ । त्यतिबेला ‘नेशन फर्ट’ भन्ने व्यक्तिलाई मात्र राख्नुपर्छ ।

जनताले गत चुनावमा नेपाली कांग्रेसको विकल्पमा नेकपालाई छाने, दुई तिहाइको सरकार छ तर पनि राजनीति अस्थिर जस्तो देखिएको छ, किन होला ?

नेपालको भौगोलिक परिस्थिति हेर्नुभयो भने दुई ठूला छिमेकी शक्ति राष्ट्रसहित अमेरिका, युरोपको नेपालमा ठूलो लगाव र लागनी छ । र, सबैको आ-आफ्नो आफ्नो इन्ट्रेस्ट पनि छ ।

पहिलो शक्ति अमेरिका र दोस्रो चीनको इन्ट्रेस्ट आइसक्यो । नेपाल संग्लिएर हिँड्न सकेन भने निकै ठूलो समस्या पर्छ । एउटा ओवीओर र अर्को इण्डो प्यासिफिक छ । बीचमा हामीहरु कसरी सहज सरल तरिकाले आफूलाई सन्तुलित बनाएर नेपाललई अगाडि लैजान्छौं भन्नेले अर्थ राख्छ ।

अहिलेसम्म हामीले खाली दुईवटा छिमेकीलाई मात्र हेरिरहेका छौं । पहिला दक्षिणमा मात्र हेर्यौं, पछि भएपछि उत्तरलाई मात्र हेर्यौं । उत्तर र दक्षिणभन्दा अरु छिमेकी पनि छन् भन्ने कुरा पनि हेर्नुपर्‍यो । यो तीनवटा शक्तिवाहेक दातृ राष्ट्रलाई पनि विचार गर्नुपर्छ ।  देश चलाउनका लागि त चल्छ तर चपेटामा पर्छौं कि भन्नेलाई लाई पनि विचार गर्नुपर्छ ।

यो पनि हेर्नुस्

देउवाको नेतृत्व वाहियात, फेलियर र केही गर्न नसक्ने – सुजाता कोइराला (अन्तर्वार्ता)

 

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ८ : २८ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म