रेडियो नेपाललाई सार्वजनिक प्रशारण संस्थामा रुपान्तरण गरिने : मन्त्री बाँस्कोटा | Khabarhub Khabarhub

रेडियो नेपाललाई सार्वजनिक प्रशारण संस्थामा रुपान्तरण गरिने : मन्त्री बाँस्कोटा


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले रेडियो नेपाललाई एक वर्ष भित्र सार्वजनिक प्रशारण संस्थामा रुपान्तरण गर्ने बताएका छन् ।

मन्त्री बाँस्कोटाले रेडियो नेपालका जनशक्ति, भौतिक पूर्वाधार र प्रविधिको प्रयोगमा आमुल परिवर्तन हुने गरी सार्वजनिक प्रशारण संस्थाको रुपमा विकास गर्न लागिएको पनि स्पष्ट पारे ।

बुधबार रेडियो नेपालको ६९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले रेडियो नेपाल मुलुकको कुनाकन्धराका जनताको आवाज बन्नुपर्ने आवश्यक्ता पनि औंल्याए । मन्त्री बाँस्कोटाले रेडियो नेपालले स्थानीय भाषाको समाचार स्थानीय तहबाटै प्रशारण गर्ने व्यवस्था गर्नुपर्ने पनि बताए ।

मन्त्री बाँस्कोटाले रेडियो नेपालको जमिनलगायतको सम्पत्तिहरुको सदुपयोग गरेर अघि बढने योजना पनि अघि सारे । कार्यक्रममा वरिष्ठ गायक भजन शिरोमणि भक्तराज आचार्य, जनवादी गायक जेबी टुहुरेलाई ५१ हजार नगदसहित ‘रेडियो नेपाल राष्ट्रिय स्रष्टा सम्मान’ पुरस्कार पनि प्रदान गरिएको थियो ।

मन्त्री बाँस्कोटाले नेपाली गीत, संगीत र संस्कृतिको क्षेत्रलाई अघि बढाउन नयाँ पुस्तालाई प्राथमिकता दिन पनि रेडियो नेपालका पदाधिकारीहरुलाई सचेत गराए ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ५ : ३९ बजे

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको