काठमाडौंमा दक्षिण एशीयाली लेखा व्यवसायी सम्मेलन हुँदै | Khabarhub Khabarhub

काठमाडौंमा दक्षिण एशीयाली लेखा व्यवसायी सम्मेलन हुँदै


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा दक्षिण एशीयाली लेखा व्यवसायी महासंघको सम्मेलन हुने भएको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आईक्यान)ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दक्षिण एशीयाली लेखा व्यवसायी महासंघको सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

बिहीबारबाट सुरु हुने ३ दिने सम्मेलनमा आर्थिक विकासका लागि आवश्यक लेखा प्रणालीका विषयमा छलफल हुने आईक्यानका अध्यक्ष जगन्नाथ उपाध्यायले जानकारी दिए । मुलुकलाई समृद्ध बनाउने अभियानमा साथ दिने उद्देश्यका साथ सो सम्मेलन नेपालमा आयोजना गर्न लागिएको पनि आईक्यानले जनाएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्ने सम्मेलनको पहिलो दिन आर्थिक विकासका लागि आवश्यक वातावरणको विषयमा छलफल हुनेछ । त्यसै गरी दोस्रो दिन शुक्रबार महासंघका स्थायी समिति र शनिबार महासंघको बोर्ड बैठक बसी सम्मेलन समापन हुनेछ ।

अध्यक्ष उपाध्यायले अन्तराष्ट्रिय लेखा प्रणालीका नयाँ–नयाँ प्रविधिबारे जानकारी लिन पनि सम्मेलन तथा बैठकहरु उपयोगी हुने पनि बताए ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ९ : ३० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका