जम्ला त अनमोल र सुहानाको जोडी ? | Khabarhub Khabarhub

जम्ला त अनमोल र सुहानाको जोडी ?


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवापुस्तामाझ लोकप्रिय अभिनेता अनमोल केसीको फिल्म ‘क्याप्टेन’ रिलिज भएको धेरै भएको छैन । उनको करिअरमै पहिलोपटक छोटो समयमा अनमोलको अर्को फिल्म रिलिज हुँदैछ, ‘ए मेरो हजुर ३’ ।

यो फिल्ममा अनमोललाई एक स्टारका रुपमा देखिनेछ भने झरना थापाकी छोरी सुहानालाई फ्यानका रुपमा देख्न पाइनेछ । निर्माण टिमको दाबीअनुसार यो फिल्ममा एक स्टार र फ्यानको कथा छ । जुन कथालाई झरना थापाले निर्देशन गरेकी छिन् । लामो समय नायिका बनेर निर्देशक बनेकी झरनाले पहिलोपटक निर्देशन गरेको ‘ए मेरो हजुर २’ पनि व्यावसायिक रुपमा सफल भएको थियो ।

फिल्म ‘ए मेरो हजुर ३’ को पनि यतिबेला चर्चा छ । फिल्ममा अनमोल र सुहानाको जोडी हुनेछ । निर्देशक थापाकै भनाइ अनुसार फिल्ममा सुहानाको ‘ए मेरो हजुर’ अनमोल हुनेछन् ।

ट्रेलर तथा गीतले राम्रो हाइप बनाइरहँदा अनमोल र सुहानाको जोडीलाई लिएर फ्यानले विभिन्न प्रतिक्रिया दिएका छन् । धेरै फ्यानले अनमोल र सुहानाको जोडी ‘फिट’ देखिएको प्रतिक्रिया दिएका छन् ।

के फिल्ममा अनमोल र सुहानाको जोडी चाखलाग्दो देखिएला ? निर्माण टिमका अनुसार त फिल्ममा अनमोल–सुहाना जोडी फिट देखिएको छ । फिल्मले दर्शकको मन बुझाउँछ या बुझाउँदैन भन्ने हेर्नका लागि भने चैत्र २९ नै कुर्नुपर्ने छ ।

प्रचारका साम्रगीबाट हाइप बनाएको यो फिल्मलाई प्रतीक्षित फिल्म भनिएको छ । अब दर्शकले कस्तो प्रतिक्रिया दिनेछन् भन्ने बुझ्न भने केही समय कुरे पुग्नेछ । सोही नाम ‘ए मेरो हजुर’ का दुई फिल्म यसअघि सुपरहिट भइसकेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ११ : ४६ बजे

सोमेश्वर दर्शन गर्न दुई लाख भक्तजन पुगे

भरतपुर– चितवनको माडीस्थित सोमेश्वर कालिका मन्दिरमा चैतेदसैँ र रामनवमी पर्वमा दुई

पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्यको खोजी

म्याग्दी– गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटकको

मनकामना केबलकार शुक्रबार बन्द हुने

नारायणगढ– मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

गोदार– जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ

सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र

राँझा– बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित तेल प्रशोधन