मेस्सी र स्वारेजले अन्तिममा गोल गर्दा बार्सिलोना हारबाट जोगियो | Khabarhub Khabarhub

मेस्सी र स्वारेजले अन्तिममा गोल गर्दा बार्सिलोना हारबाट जोगियो


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–स्पेनिस ला—लिगाको शीर्ष टोली बार्सिलोनाले भिल्लारियलसँग बराबरी खेलेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियलसँग ४—४ गोलको बराबरी खेलेको छ ।

खेलको अन्तिम समयमा गोल गर्दै बार्सिलोनाले भिल्लारियलसँग अंक बाड्न सफल भएको हो । खेलको ९० औं मिनेटमा कप्तान लियानेल मेस्सी र अतिरिक्त समयमा लुइस स्वारेजले गोल गर्दै टोलीलाई पराजित हुनबाट जोगाएका थिए ।

त्यसअघि खेलमा शुरुआती अग्रा लिएको बार्सिलोनाका लागि फिलिपे कोन्टिन्होले १२ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
त्यसको ४ मिनेटपछि १६ औं मिनेटमा मेलकोमले गोल गर्दै २—० को अग्रता दिलाएका थिए ।

बार्सिलोनाविरुद्ध भिल्लारियलका स्यामुअल चुकुवाजेले २३ औं, ५० औं मिनेटमा कार्ल टोको इकाम्बी, भिसेन्ट इबोराले ६२ मिनेटमा र कार्लोस बाक्काले ८० औं मिनेटमा गोल गर्दै अग्रता बनाएका थिए ।

बराबरी खेलेको बार्सिलोनाको ७० अंकरहेको छ भने भिल्लारियलको ४३ अंकरहेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ११ : २६ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०