पुरातात्विक सम्पदा माथि मानवीय प्रहार, पाटन दरवार क्षेत्र अतिक्रणको चपेटामा | Khabarhub Khabarhub

पुरातात्विक सम्पदा माथि मानवीय प्रहार, पाटन दरवार क्षेत्र अतिक्रणको चपेटामा


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–ललितपुरको मुख्य आकर्षण केन्द्र मानिएको पाटन दरबार स्क्वायर क्षेत्र । त्यस दरवार स्क्वायर क्षेत्रको विकास कहिले भयो भनेर स्पष्ट इतिहास छैन । तर, करिव चार शताब्दी पहिले मल्लकालिन शासन कालमा निर्माण भएको भएको विश्वास रहिआएको छ ।

पाटन दरबार क्षेत्रको मुख्य आकर्षण भनेको कृष्ण मन्दिर, त्यसैगरी ललितपुरको सबैभन्दा अग्लो मन्दिर तलेजु भवानी मन्दिर, विश्वनाथ मन्दिर र भिमसेन मन्दिर नै हुन् । तर, विश्व सम्पदा सूचिमा सूचिकृत ती क्षेत्र पछिल्लो समय मानविय अतिक्रमणको चपेटामा परेका छन् ।

यो या त्यो विभिन्न बहानामा यी पुरातात्वीक सम्पदामाथि प्रहार गर्ने काम भइरहेको छ । पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजी प्याकुरेलका अनुसार, अहिले त्यस क्षेत्रमा १ सय भन्दा बढी पसल सञ्चालनमा छन् । ती मध्य ४० वटा पसल हटाउनु पर्ने कार्यालयको निश्कर्ष थियो ।

पर्यटकीय दृष्टिकोणका आधारमा पाटन दरबार क्षेत्रमा पर्यटकको आकर्षण बढाउन दरबार क्षेत्र खुला बनाउने उद्देश्यले गुठी संस्थान, पुरातत्व विभाग र ललितपुर महानगरको संयुक्त प्रयासमा पसलहरु खाली गर्ने योजना बनेको थियो । सोही अनुरुप तीन वटै निकायको सहमतिमा गत पुस महिनामै पसल हटाउन भन्दै दुई हप्ते सूचना समेत जारी गरियो । तर, तीन महिना वित्दा समेत न त ब्यापारीहरुले पसल खाली गरे नत नियमनकारी निकायले हटाउन नै सक्यो । पुस्तौं देखि व्यापार गर्दै आएका रैथाने व्यापारीले ओगटेको दरवार क्षेत्रको ठाउ“ छोड्न अटेर गर्दै आएका छन् ।

कि त खाली गर्ने सूचना जारी नै नगर्नु तर सूचना नै जारी गरेपछि पसल हटाउन किन पछि हट्यो नियमनकारी निकाय ? दरबार क्षेत्रमा व्यापार गर्न स्थान उपलब्ध गराए बापत भाडा उठाउँदै आएको गुठी संस्थानका प्रवक्ता सरोथ थपलिया व्यापारीले ठाउँ खाली गर्न केही समय मागेकाले आफूहरु मौन बसेको दाबी गर्छन् । तर, ब्यापारीहरुले कहिले सम्म समय माग गरेका छन् भन्ने गुठी संस्थानलाई नै थाहा छैन ।

गुठी संस्थानले यस क्षेत्रबाट ब्यापारी स“ग एउटा सटरको कम्तीमा ४ सय देखि १२ हजार सम्म भाडा उठाउ“दै आएको छ । १५ दिने सूचना टाँसेको तीन महिना सम्म पनि ब्यापारीहरु खुलेआम रुपमा ब्यापार गरिरहेछन् । उनिहरु कुनै हातलमा पसल खाली गराउने पक्षमा नै देखिदैनन् ।

हुनपनि १६ औं सताब्दीदेखि नाम कमाएको पाटन दरबार क्षेत्रमा पुस्तौदेखि दरबार क्षेत्रको अतिक्रमण हुँदै आएको छ । तर, यहाँका रैथाने व्यापारी भोगचलन गरिआएको ठाउँ छोड्न अझै राजी छैनन् । जसले दरवार क्षेत्रको पुनर्निर्माणमा त प्रभाव पारेको छ नै दरबार क्षेत्रको सुन्दरता समेत विगारेको छ । यस तर्फ नियमनकारी निकायको ध्यान पुग्नै पर्छ ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ७ : ५१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०