‘सयकडा दश’ हेरेपछि मन्त्री लालबाबुको प्रतिक्रिया – भ्रष्टाचार सरकारी कर्मचारीमा मात्र छैन | Khabarhub Khabarhub

‘सयकडा दश’ हेरेपछि मन्त्री लालबाबुको प्रतिक्रिया – भ्रष्टाचार सरकारी कर्मचारीमा मात्र छैन


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यतिबेला हलमा चलेको फिल्म ‘सयकडा दश’ हेरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले फिल्मले भ्रष्टाचारको मुद्दालाई उठाए पनि भ्रष्टाचारले देश मात्र नभएर परिवार समेत समाप्त हुने सन्देश दिएको बताएका छन् । काठमाडौंमा बिहीवार फिल्म निर्माण टिमले राखेको विशेष शोमा फिल्मले भ्रष्टाचारको मुद्दालाई गतिलोसँग उठाएको धारणा राखे ।

‘हाम्रो देशमा भ्रष्टाचारको रोगले क्यान्सरले भन्दा ठूलो रोगले गालेको छ, सबैभन्दा ठूलो कुरा त हामी वंशानुगत गुणबाट आफ्ना लागि मात्र नभएर छोरा, नाति र पनातिका लागि पनि मैले केही गरिदिनुपर्छ भन्ने सोचका कारण यस्तो अवस्था आएको हो’, मन्त्री पण्डितले भने, ‘फिल्म सन्देशमूलक लाग्यो तर हामीले देशमा सबै कर्मचारी भ्रष्ट छन् भन्ने सोच्नु हुँदैन ।’

साथै उनले सरकारी कर्मचारीले मात्र नभएर यहाँ अरुले पनि भ्रष्ट्राचार गरिरहेको बताए । उनले भने, ‘यहाँ अरुले पनि भ्रष्टाचार गरिरहेका छन्, चामलमा ढुंगा मिसाएर बेच्ने पनि भ्रष्टाचारी नै हुन् ।’

रामशरण पाठकको लेखन तथा निर्देशन रहेको यो फिल्ममा मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, सोनिया राई, रवि डंगोल लगायतका कलाकारले अभिनय गरेका छन् । यस्तै फिल्ममा रामेश्वर कार्कीको छायांकन, बनिष शाह र भुपेन्द्र अघिकारीको सम्पादन त्यस्तै रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय र सञ्जिव न्यौपानेको लगानी छ ।

दर्शकले भने यो फिल्मलाई मिश्रित प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ४ : ०० बजे

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको

रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धयाउने

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका