प्रदीप र जसिताको ‘लभ स्टेशन’ एक हप्ताअघि सर्‍यो | Khabarhub Khabarhub

प्रदीप र जसिताको ‘लभ स्टेशन’ एक हप्ताअघि सर्‍यो


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवा अभिनेता प्रदीप खड्का र जसिता गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘लभ स्टेशन’ चैत्र २२ मा रिलिज हुने भएको छ । यसअघि नयाँ वर्षको मौका पारेर चैत्र २९ गते रिलिज हुने भनिएको चलचित्र एक हप्ताअघि नै रिलिज हुने भएको हो ।

चैत्र २९ मा अनमोल केसी अभिनित फिल्म ‘ए मेरो हजुर ३’ पनि रिलिज हुँदैछ भने सोही मितिमा सलिनमान बानियाँ अभिनित ‘यात्रा’ पनि रिलिज हुँदैछ ।

उज्जल घिमिरेले निर्देशन गरेको ‘लभ स्टेशन’ को भियतनाम, भारत तथा नेपालका विभिन्न स्थानमा छायांकन गरिएको छ । सांगीतिक लभस्टोरी भनिएको यो चलचित्रमा प्रदीप र जसिता जोडीका रुपमा देखिनेछन् । यसअघि यी दुईले फिल्म ‘लिलिबिली’ मा एकसाथ काम गरेका थिए ।

फिल्म ‘लभ स्टेसन’ काफिया फिल्मसको ब्यानरमा निर्माण भएको हो भने फिल्मलाई काफिया शाही र कविरविक्रम शाहीले निर्माण गरेका हुन् ।

चलचित्रमा प्रदीप र जसिताका अलावा रमेश बुढाथोकी, रेशु भट्टराई, प्रकाश शाह, प्रिया रिजाल, कालु राना लगायतले अभिनय गरेका छन् ।

निर्माण टिमले भियतनाममा खिचिएको गीत भ्यालेनटाइन डे को अवसर पारेर सार्वजनिक गर्ने तयारी गरेको छ । फिल्ममा सम्भुजीत बाँस्कोटाको संगीत राजनराज शिवाकोटी, एलिस कार्की र दीपक शर्माको संगीत छ भने आलोक शुक्लाको छायांकन छ ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  १० : ३२ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०