‘सचेतनामूलक हाफ म्याराथन’को उपाधि आर्मीलाई | Khabarhub Khabarhub

‘सचेतनामूलक हाफ म्याराथन’को उपाधि आर्मीलाई


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्री कृष्ण प्रणामी युवा परिषद् नेपालले आयोजना गरेको ‘सचेतनामूलक हाफ म्याराथन’को उपाधि त्रिभुवन आर्मी क्लबका कल्याण बानियाँले जितेका छन् ।

संस्थाको २९ औँ स्थापना दिवसका अवसरमा शनिबार भएको प्रतियोगितामा बानियाँले निर्धारित दूरी एक घण्टा सात मिनेटमा पूरा गर्दै उपाधि जितेका हुन् । त्यसैगरी आर्मीकै हरिकुमार रिजालले निर्धारित दूरी एक घण्टा आठ मिनेटमा पूरा गर्दै दोस्रो भएका छन् ।

आर्मीकै राजन रोकाया निर्धारित दूरी एक घण्टा आठ मिनेट २८ सेकेण्डमा पूरा गर्दै तेस्रो भए । कोटेश्वरबाट शुरु भएको म्याराथन नयाँ बानेश्वर, बबरमहल, थापाथली, कुपण्डोल, पुल्चोक, जावलाखेलबाट फेरी कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, टेकु, कालीमाटी, कलङ्की, खसीबजार, बल्खु, एकान्तकुना, सातदोबाटो, बालकुमारी हुँदै पुनः कोटेश्वर पुगी समापन भएको थियो ।

कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश :रु ३०, २० र १५ हजार पुरस्कार प्राप्त गरे । युवामा सकारात्मक सोच, मानवमा सहयोग र सेवाको भावना अभिवृद्धि गराउन जनचेतनामूलक हाफ म्याराथन दौड प्रतियोगिता गरिएको संस्थाका अध्यक्ष नमराज ढकालले जानकारी दिए ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ३ : २१ बजे

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक

आज गोरखा भूकम्पको सम्झना

काठमाडौं – वि‍.सं. २०७२ वैशाख १२ गते शनिबार ११ बजेर

यी प्रदेशमा हुनेछ हावाहुरीसहितको वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

कतारका अमिरको नेपाल भ्रमण : आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता

काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं

स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा