कञ्चनजंघामा चितुवाले बनायो ‘नयाँ रेकर्ड’ « Khabarhub

कञ्चनजंघामा चितुवाले बनायो ‘नयाँ रेकर्ड’


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कञ्चनजंघा क्षेत्रमा हिउँ चितुवाले नयाँ रेकर्ड बनाएको छ । यसअघिसम्म ५ हजार मिटरसम्म मात्र विचरण गर्ने चितुवा यसपटक ५ हजार ८ सय मिटर उचाइसम्म पुगेको रेकर्ड भएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक इकोलोजिस्ट तथा कञ्चनजंघा संरक्षण क्षेत्रका पूर्वसंरक्षण अधिकृत हेमराज आचार्यले भन्नुभयो, ‘यति धेरै उचाइमा पुगेको यो पहिलो रेकर्ड हो । जलवायु परिवर्तनले तापक्रममा आएको परिवर्तनका कारण माथिमाथि चढ्न सम्भव भएको अनुमान गरिएको छ ।

कञ्चनजंघा क्षेत्रका चारवटा हिउँ चितुवालाई स्याटेलाइट लगाइएको छ । विश्व वन्यजन्तु कोष नेपालको सहयोगमा विस्तृत अध्ययनका लागि स्याटेलाइट लगाइएको हो । समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ९ : ०६ बजे

रुपन्देहीमा लक्ष्यभन्दा बढीले लगाए काेराेनाविरुद्धकाे खोप

भैरहवा- रुपन्देही नेपालकै सबैभन्दा बढी कोरोनाभाइरस (काेभिड-१९) विरुद्धको खोप लगाउने

बाँकेमा लागु औषध मुद्दा बढ्दै

नेपालगन्ज- बाँकेमा लागुऔषधजन्य पदार्थ बरामद र लागु औषध मुद्दा बढ्दै

उपचाररत विश्व कीर्तिमानी आरोही तामाङलाई भेटे प्रचण्डले

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्व

संकटबाट समृद्ध बन्दै गएको पानामासँग नेपालले सिक्नुपर्ने पाठ

पानामाको नाम सुन्ने बित्तिकै धेरै मानिसले ‘ट्याक्स हेवन’ को रुपमा

लोकदोहोरी गायिका सुनार मृत फेला

काठमाडौँ – लोकदोहोरी गायिका दिलमाया सुनार मृत फेला परेकी छन्।