‘बैंकले विनिमयलाई चलायमान बनाउँदा अर्थतन्त्रले फड्को मार्छ' | Khabarhub Khabarhub

‘बैंकले विनिमयलाई चलायमान बनाउँदा अर्थतन्त्रले फड्को मार्छ’

देशको समृद्धिका लागि बैंक पनि साझेदार हुन


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुमारी बैंक सेवा विस्तार गर्दै अघि बढिरहेको बैंक हो । ५ लाख नागरिकको खाता रहेको यो बैंकका ११६ शाखा छन् । सगरमाथा बेशक्यापसहित देशभर १०७ एटीएम बुथसहितको सेवा सञ्चालन गरिरहेको छ ।

बैंकले विदेशी बजारमा बैकिङ क्षेत्रमा काम गर्दै आएका ठूला बैंकसँग सहकार्य गरेर विदेशबाट पनि सेवा उपलब्ध गराउँदै आएको छ । यो बैंकले युरोपका देश, कतार, मलेसिया र शिक्षा, रोजगारी तथा पेशा व्यवसाय सञ्चालन गर्न नेपाली पुगेका देशबाट पनि हामीले सेवा दिँदै आएको छ ।

नेपालमा प्रविधिको विकास गरी ई बैंकिङ सेवाको सुरुवात गर्ने पहिलो बैकको रुपमा आफू रहेको दाबी गर्ने कुमारी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत राजीव गिरीसँग खबरहबले निजी बैंकले गरिरहेका काम, सेवा विस्तारका लागि भइरहेका प्रयास, देशको आर्थिक समृद्धिमा साझेदार बन्न खेलेको भूमिका तथा बैंकको नयाँ रणनीति लगायतका विषयमा कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :

नेपालको बैंकिङ अवस्था कस्तो छ ? कुमारी बैंकले के गरिरहेको छ ?

नेपालमा धेरै बैंक खुलेका छन्। खुल्नेक्रम अझै जारी छ । अहिले ६४ प्रतिशत नेपाली नागरिक बैंकको पहुँचमा छन् । यो क्रम बढ्दो छ । हामी अर्थात कुमारी बैंकपनि सेवा विस्तारको क्रममा रहेकाले बैंकमा पहुँच पुग्ने नेपालीको संख्या अझै बढ्छ । कुमारी बैंक लिमिटेडले पनि समयअनुसार आफूलाई परिमार्जन गर्दै प्रविधिमा सुधार गर्दै आधुनिक युगको सेवा दिँदै आएको छ ।

कुमारी बैंकले नेपालमा प्रविधियुक्त इ–बैकिङ सेवा भित्र्याएको हो । नेपालमा प्राविधिक बैंकिङ शुरु गर्ने पहिलो बैंक कुमारी बैंक नै हो भन्ने लाग्छ ।

इन्टरनेट सेवा शुरु गरेकोमा अन्तर्राष्ट्रिय अवार्ड ‘एम विलियन्थ अवार्ड’ तथा मन्थन पुस्कारबाट कुमारी बैंक सम्मानित पनि भएको छ ।

यो बैंक सन् २००१ देखि सञ्चालनमा आएका हो । स्थापनाकाल देखि नै यो बैंकले प्रविधि सेवामा केन्द्रित भएर काम गरिरहेका छौं। कुमारी बैंकले एनबीआईसँग उनीहरुको वित्तिय साक्षरता जागरुकर्ता कार्यक्रममा सहयोग गर्दै आएको छ ।

बैंकले समुदायलाई आर्थिक रुपमा सचेत गराउँदै स्थानीयबासीको दीगो विकास र आर्थिक उन्नति गराउने खालका कार्यमा बैंक सहयोगी भएर काम गरिरहेको छ । साथै कुमारी बैंकले वित्तीय साक्षरता अभियान पनि चलाइरहेको छ ।

सरकारले लागू गरेको मौद्रिक नीतिलाई निजी बैंकहरुले कसरी लिएका छन् ? बैंक मर्जरका विषयमा तपाईंहरुको धारणा के हो ?

सरकारले लागू गरेको मौद्रिक नीतिका विषयमा निजी बैंकहरु गम्भीर छन् । ऐन र कानूनभित्र रहेर काम गरे सजिलो हुन्छ । राष्ट्र बैंकले पनि यो विषयमा राम्रो नै बुझेको होला । मौद्रिक नीति लागू भएपछि केही बैंक मर्जरमा गए निकट भविष्यमा केही बैंकले पनि मर्जर गर्लान ।

सरकार पनि बैकिङ सेवा र क्षेत्रलाई अर्थतन्त्रको पाटो बनाउन खोजिरहेको छ । यो विषय राम्रो हो । बैंकको पुजि बढाउनका लागि मर्जर नीतिलिएको हो । समाजमा आर्थिक पक्ष सवल बनाउनका लागि तथा गाँउगाँउमा बैंकको पहुँच पुगेस र सबै नागरिकको लगानि नडुबोस भनेर नै हो । यो राम्रो काम पनि हो ।

आर्थिक बृद्धिदरमा बैंक भुमिका कस्तो छ ? देशको अर्थतन्त्रमा कस्तो सहयोग गरिरहेका छन् ?

बैंकले नेपालको आर्थिक समृद्धि जस्ता सरकारले ल्याएका मुख्य योजनालाई आधार मानेर काम गदै आएका छन् । बैकिङ तथा वित्तीय संस्था अर्थतन्त्रको एउटा पाटो हो । विगतमा बैकिङ सेवाका लागि मानिस बैंक खोज्दै हिडने गरेका थिए ।

तर, अहिले बैंक नै सेवा विस्तारसँगै बैकिङ बजार निर्माण गर्न लागि परेका छन् । बैकिङ सेवा बैंकले लिएर घरदैलो सम्म पुर्‍याइरहेका छन् । जसका कारण पनि बैंकले नेपालको आर्थिक विकासमा ठुलो भूमिका खेलेको छ ।

आर्थिक विकासमा बैंकको भुमिका रहन्छ । बैंकले विनिमयलाई चलमान बनाउदाँ अर्थतन्त्रले फडको मार्छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा कुमारी बैंकको सेवा विस्तार कस्तो छ ?

कुमारी बैंकमा करिब ५ लाख नागरिकको खाता छन् । जसमा १ सय ७ एटीएम र सगरमाथाको वेश क्याममा समेत एटिएम बुथ सञ्चालन र गोरखाको चुनमुन्द्री गाउँपालिकामा शाखा विस्तार गरेर सेवा दिइरहेको छ । कुमारीका बैंकका १ सय १६ शाखा छन् ।

विदेशी बजारमा बैकिङ क्षेत्रमा काम गर्दै आएका ठुुला बैंकसँग सहकार्य गरेर विदेशबाट पनि सेवा उपलब्ध गराउँदै आएका छौ । युरोपका देश, कतार, मलेसिया र शिक्षा, रोजगारी तथा पेशा व्यवसाय सञ्चालन गर्न नेपाली पुगेका देशबाट पनि हामीले सेवा दिँदैछौं । सेवा विस्तारको क्रम जारी नै रहनेछ ।

पछिल्लो समय ह्याकर सक्रिय भएर प्रविधिको प्रयोगमार्फत चोरी बढ्न थालेको छ । यो सुरक्षा चुनौतीलाई कसरी लिनुभएको छ ?

बैंकले सुरक्षाका लागि अतिसमवेदनशिल नीति र प्रविधिको विकास गरेका हुन्छन् । विगतदेखि चोरीसँगै बदमास गर्ने मानिस एक कदम अगाडी हुन्छ । यस्ता अप्रिय घटनालाई रोक्न बैंकले पनि प्रविधिको विकास गरेका हुन्छन् ।

पछिल्ला ठुला घटनालाई हेर्दा पनि बैंककै प्रविधिका कारण ठुलो रकम चोरी हुनबाट जोगिएको छ । बैंकमा यस्ता साना घटनाले सेवाग्राहीमा समस्या त सिर्जना हुन्छ । तर बैंकले ग्राहक र बैंक सुरक्षाकालागि रणनीति बनाएको हुन्छ । फेरि बैंकमा खाता खोलेपछि ग्राहकको बीमा हुन्छ । त्यस्तो समस्या केहि हुँदैन । हाम्रा ग्राहकको सुरक्षाका लागि हामी तल्लीन छौं ।

बैंकहरुले मुनाफामात्र हेर्छन । लगानीमा खासै ध्यानदिदैन भने आरोप लाग्छ । कुमारी बैंकमा पनि यो आरोप लाग्छ ?

बैंक पनि सेवासहितको नाफा कमाउने संस्था नै हो । बैंक जति नाफामा जान्छ उत्ति नै सेवाग्राहीमा व्यवस्थित नीति र नयाँ नयाँ सुविधा पनि थपिँदै जान्छ ।

नाफाको निश्चत कमाई बैंकले विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन् । सरकारले बैंकका हकमा लगानी गर्ने कानून बनाएर लागू गरेको छ ।

बैंकले मुनाफाको २५ प्रतिशत विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन् । कृषि, पर्यटन, उद्योग र अन्य क्षेत्रमा लगानी पनि भइरहेको छ । बैंकले विगत केही वर्षयता लगानीका अवसर खोज्न थालेका छन् भने लगानी पनि बढाउन थालेका छन् ।

सरकारले लगानीमैत्री वातावरण बनाए लगानी दायरा पनि बैंकले बढाउँछन् । लगानी क्षेत्रमा बैंकको पनि ठुलो हिस्सा रहेको छ ।

बैकिङ क्षेत्रमा तरलता आए अर्थतन्त्रमा कस्तो असर पर्छ ? अनि बैंक विकास साझेदार बन्न सकेनन्, त्यसमाथि व्याजका विषयमा अर्थमन्त्रालयले बैंकलाई कडाई गर्‍यो । यो विषयमा कुनै बैंकको आधिकारिक धारणा आएकै छैन । किन ?

बैकिङ क्षेत्रमा तरलता आए अर्थतन्त्रमा असर त पर्छ । तर, नेपाल जस्तो देशमा बैकिङ क्षेत्रमा तरलता आउँछ जस्तो मलाई लाग्दैन् । बैंकले तरलतालाई समानागर्ने सक्ने क्षमताको विकास पनि गर्दै आएका छन् ।

कुरा रहयो व्याजदरको । सरकारले निधारण गरेको व्याजदरमै बैंकले काम गरिरहेको छ । बैंक तथा वित्तीय संस्था ऐनले व्यवस्था गरेर अनुसार व्याजदरको सुविधा दिइरहेका छौ । यो विषयमा सेवाग्राहीको मागलाई मध्येनजर भएर काम गरिरहेका छौ । यो विषयमा खासै समस्या छैन ।

राष्ट्र बैंक सहुलियत ऋण कर्जा अनिवार्य गरेको छ । तर, बैंक आनाकानी गर्छन । सामाजिक सुरक्षाकोषमा जान बैंक नै अटेर गरिरहेका छन् । किन ?

सहुलियत ऋण बैंकले प्रवाह गरिरहेका छन् । सरकारले ९ क्षेत्रमा सस्तो व्याजदरमा सहुलियकर्जा प्रभाहगर्ने अनिवार्य जस्तै गरेको छ । सोही अनुसार बैंकमा कर्जाका लागि आएको आवेदनलाई अध्ययन गरेर ऋण उपलब्ध गराउन काम भइरहेको छ । मलाई लाग्छ बैंकले सहुलियत कर्जामा आनाकानी गरेर जस्तो लाग्दैन । बैंक सञ्चालन गरेपछि बैंकको पनि केही मापदण्ड हुन्छन् ।

त्यसका आधारमा केही समस्या भएको होला । सरकारले दोहोरो करमा बैंकलाई पार्नु हुँदैन । योगदानमा आधारित सामाजिक सुरक्षाकोषमा जान केहिकानूनी समस्या छन् । ती समस्या सम्बोधन गरे हामीलाई कोषमा जान्न आपत्ति छैन । सरकारले बैंकलाई दोहोरो कर नीतिमा लागू गर्नु उचित हुँदैन ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ४ : ४७ बजे

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले

कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्म कैद

नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई जन्म कैदको फैसला भएको

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं– सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार

बिहारको एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु

काठमाडौं– भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका प्रतिवादीको निवेदनमाथि सुनुवाइ सकियो

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी सहितका