मिरुना भन्छिन् – समाज बदल्ने फिल्म दिन सकेकी छैन | Khabarhub Khabarhub

मिरुना भन्छिन् – समाज बदल्ने फिल्म दिन सकेकी छैन


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका मिरुना मगरले अभिनय गरेका फिल्म व्यावासायिक रुपमा सफल छैनन् । तर उनले ब्याक टु ब्याक फिल्म पाएकी छिन् ।

हालै रिलिज भएको फिल्म ‘चच हुई’ बाट उनलाई धेरै आशा थियो । तर, यो फिल्म पनि फ्लप हुनबाट बचेन ।

‘चच हुई’ भन्दा अघि मिरुनाले अभिनय गरेको फिल्म ‘साइनो’ प्रदर्शन भएको थियो । यो फिल्मको त झन् चर्चा पनि नभइ हलबाट उत्रियो ।

फिल्मको स्किृप्ट भुवन चन्दले १ वर्ष लगाएर खोजेकी थिइन् । फिल्मबाट टिमलाई धेरै आशा थियो ।

‘यो फिल्म किन चलेन भन्ने मैले बुझ्नै सकिनँ, हेरेका दर्शकले त फिल्म राम्रो छ भन्नुभयो तर दर्शकले फिल्म नै हेर्नुभएन,’ मिरुनाले भनिन्, ‘मैले फिगर आउट गर्नै सकिनँ ।’

उनले ‘साइनो’ बाट राम्रो प्रतिक्रिया पाएको पनि बताइन् । तर यो फिल्म दर्शकको ठूलो समूहमाझ पुग्न सकेन ।

मिरुनाले अहिलेसम्म आफूलाई कुनै फिल्मले पनि घाटामा नपारेको बताइन् । डेब्यु फिल्म ‘लालपुर्जा’ नै व्यावसायिक हिसाबले असफल भए पनि मिरुनाको भने त्यतिबेलादेखि नै चर्चा हुने गरेको छ ।

मिरुना सामाजिक कार्यमा पनि सक्रिय छिन् । समाजशास्त्रकी विद्यार्थी मिरुना‌ले सामाजिक कार्य गर्नमा रुचि भएको बताइन् । उनले भनिन्, ‘सामाजिक कार्यमा रुचि छ, तर फिल्ममार्फत समाज बदल्ने फिल्म अझै दिन सकेकी छैन ।’

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ११ : ५९ बजे

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर