उत्पादित सामान बेच्ने बजार नपाएको महिला उद्यमीको गुनासो « Khabarhub
Logo
२४ फाल्गुन २०७७, सोमबार

उत्पादित सामान बेच्ने बजार नपाएको महिला उद्यमीको गुनासो



काठमाडौं–सरकारले देशभित्र उद्यमी र युवा व्यवसाय बढाउन बर्षपिच्छे नयाँ–नयाँ रणनीति बार्षिक कार्यक्रममा ल्याउँछ ।

सानादेखि ठुला व्यवसायीका लागि फरक–फरक सुविधा दिने गरेको छ । सरकारले देशमा व्यवसाय गर्ने युवा बढाउन विभिन्न क्षेत्रमा पहल गरिरहेको छ ।

राजधानीमा घरेलु महिला हिसांविरुद्ध काम गदै आएको होम नेट नेपाल (एचएनएन)ले महिलाको श्रमको सम्मान राष्ट्रिय कार्याशाला कार्यक्रममा उपस्थीति महिला उद्यमीले भने आफुले उत्पादन गरेको सामान बिक्री गर्ने बजार नपाएको गुनासो गरेका छन् ।

महिला वालबालिका तथा जेष्ठ नागरिक मन्त्री पर्वत गुरुङको आगाडी उनीहले आफना उद्योगमा उत्पादन भएको सामान बेच्ने बजार नपाएको दुखेसो पोखे ।

विगत ३ वर्षदेखि गोदावारी नगरपालिकामा बाँसका विभिन्न सामान उत्पादन गदै आएकी दिलमायाँ पाहरीले आफुले उत्पादन गरेको वस्तु बेच्ने बजार नपाएपछि उद्योग बन्द गर्ने अवस्थामा पुगेको बताएकी छिन् ।

‘मैले पढेको छैन । अनपढ भएपनि उद्योग चलाउन थाले । मेरो उद्योगमा धेरै बासबाट बनेका सामान उत्पादन हुन्छ । तर बेच्ने बजार पाइदैन । जसका कारण उद्योग नै बन्द गर्ने अवस्थामा पुगेको छ ।’ उनले भनिन, ‘सरकारले हामीले उत्पादन गरेको सामान कहाँ बेच्ने हो । उद्योग चलाउन विभिन्न प्रकार योजना ल्याउन तर, हामीले उत्पादन गरेको सामान बेच्न बजार किन नखोजी दिएको ? व्यवसायी उत्पादन गरेको सामान गोदाममा थन्किएर व्यवसायी फस्टाउदैन ।’

‘महिलालाई उद्योग सञ्चालन गर्ने धेरै समस्या छ विहान ४ बजेदेखि साँझ ८ बजेसम्म खटनुपर्छ । यस्तै हो भने परिवार पाल्न समस्या हुन्छ ।’ पाहरीले भनिन, ‘एकतिर परिवार चलाउन चिन्ता अर्को तिर व्यवसाय कसरी चलाउ भने चिन्ता छ । उद्योगबाट उत्पादन भएका सामान बेच्न बजार पाइदैन । जसका कारण आयस्रोत नि हुँदैन । यस्तै हो भने भोकै बस्न दिन आउँछ होला ।’

यस्तै, २ वर्षदेखि कृतिपुरमा बासको सामान उत्पादन गदै आएकी दिपशोभा महर्जनको समस्या पनि उस्तै छ । महर्जनको उद्योगमा उत्पादन भएको वासका सामान बजारमा बिक्री नहुने गरेको उनको पनि गुनासो छ । उद्योग सञ्चालन गर्ने आवश्यक बाँस र निगालो किन्ने धेरै खर्च लाग्ने गरेको महर्जनले बताइन ।

‘महिलाले उत्पादन गरेका सामान किन्न मान्दैन । व्यवसायीभित्र पनि महिलामाथि विभेद छ । महिलाले केही व्यवसाय गर्दा समाजले हेर्ने दृष्टिकोण नै फरक हुँदो रहेछ । हामीले उत्पादन गरेको सामान बिक्री गर्ने ग्राहो हुन्छ ।’ उनले भनिन, ‘महिलाले उत्पादन गरेको सामान भनेपछि व्यापारी पत्याउदैन । बिक्री भएपनि व्यापारीले केही न केही समस्या देखाएर फिर्ता गर्छन । जसका कारण अब यो व्यवसाय बन्द गर्ने अवस्थामा पुगेको छु ।’

महिलाको आफ्नो पहिचान, शरीरमाथिको अधिकार र श्रमप्रतिको अधिकार स्थापित हुन नसकेसम्म महिला श्रमिकमाथिको विभेद अन्त्य नहुने महिला मानवअधिकार सञ्जालकी अध्यक्ष रेणु अधिकारीले बताएकी छिन् ।

‘बिहेपछि महिलाको पहिचाननै बदल्ने प्रयास गरिन्छ । व्यवसायमा महिला विभेद हुन्छ । महिलाको आफ्नो शरीरमाथिको अधिकार खोइ ?, आफ्नो श्रममाथि महिलाको अधिकार कहाँ सुरक्षित छ,’ उनले भनिन, ‘महिला अधिकारको विषय धेरैको ‘मागी खाने भाँडो’ भएकातर्फ चिन्ता व्यक्त गर्दै उहाँ श्रमिक महिला अधिकारको सन्दर्भमा परियोजनामुखी नभइ समस्या सधैँका लागि अन्त्य हुने दिशामा आन्दोलित गर्नुपर्छ ।’

नेपालको संविधानले सबै नागरिकलाई रोजगारीको हक, समनाताको हकलगायत अधिकार प्रत्याभूत गरेको छ । सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पत्तिको समान हक हुने व्यवस्था छ ।

समान काममा लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै पनि भेदभाव नगर्ने व्यवस्था संविधानमा लिपीबद्ध भएपनि अझै महिला श्रमिकले समान कामको समान ज्याला र श्रमको उचित मूल्यमा सरकारले भेदभाव गरिरहेकोे महिला व्यवसायीको गुनासो छ ।

सरकारले हामी जस्ता व्यवसायीले उत्पादन गरेका सामान बिक्रीका लागि बजार प्रवद्र्धन गरिदिनुपर्ने उनको माग छ ।

यसरी उद्यामी महिलाले गरेको गुनासो मन्त्री गुरुङले सुनि मात्र रहे केही प्रतिक्रिया दिएनन् । देशभित्र विभिन्न क्षेत्रमा उद्यमी गरिरहेका व्यवसायी भने आफुले उत्पादन गरेको सामानले बजार नपाउने गरेको समस्या सरकारलाई नै बारम्बार सुनाउदै आएका छन् ।


भर्खर

0