अपाङ्गता भएकालाई मूलप्रवाहमा ल्याइनुपर्नेमा राष्ट्रपतिको जोड | Khabarhub Khabarhub

अपाङ्गता भएकालाई मूलप्रवाहमा ल्याइनुपर्नेमा राष्ट्रपतिको जोड


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले फरक क्षमता भएका व्यक्तिलाई विकासको मूलप्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउनु राज्यको गहन दायित्व भएको बताएकी छन् ।

अपाङ्गता भएका व्यक्तिहरुको २८औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मंगलबार एक शुभकामना सन्देश दिँदै उनले दिवसले अपाङ्गता क्षेत्रसँग सम्बद्ध सबैमा थप क्रियाशील भई कार्य गर्ने प्रेरणा मिलोस् भनी कामना गरिन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानले न्याय र समानतामा आधारित सामाजिक आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य दिएको सन्दर्भमा फरक क्षमता भएका व्यक्तिको दैनिक जीवन सहज तुल्याउन अपाङ्गमैत्री संरचना क्रमशः निर्माण गर्दै जानुपर्ने खाँचो औँल्याइन् ।

उनले समतामूलक समाज निर्माणका लागि फरक क्षमता भएका व्यक्तिलाई शिक्षा र स्वास्थ्यमा पहुँच दिलाउनुपर्नेमा जोड दिइन् ।

राष्ट्रपति भण्डारीले नेपालमा फरकक्षमता भएका व्यक्तिको अधिकार प्रवद्र्धनका साथै संयुक्त राष्ट्रसङ्घीय अपाङ्गतासम्बन्धी महासन्धिमा उल्लेखित अधिकार सुनिश्चित गर्नका लागि राज्य थप संवेदनशील बनेर कार्यान्वयन तहमा जानुपर्ने बताइन् ।

‘फरक क्षमता भएका व्यक्तिलाई राज्यका रहेक निकायमा सहभागिताका निम्ति स्रोत र साधनको आवश्यक प्रबन्ध गर्दै क्रमशः कार्यान्वयनमा लैजान सकेमा समतामूलक समाज निर्माण गर्न सकिने विश्वास मैले लिएकी छु । फरक क्षमता भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ उनले शुभकामना सन्देशमा भनेकी छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ६ : ०० बजे

कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल

काठमाडौं– कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल भएको छ । नेकपा

रुखबाट खसेर एक जनाको मृत्यु

ढोरपाटन– बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी