रंगशाला निर्माणका लागि प्रदेश २ बाट उठ्यो २२ लाख | Khabarhub Khabarhub

रंगशाला निर्माणका लागि प्रदेश २ बाट उठ्यो २२ लाख


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगाशाला’ निर्माणका लागि प्रदेश २ बाट २२ लाख रुपैयाँ संकलन गरिएको छ ।

धुर्मुस सुन्तली फाउन्डेसनका अनुसार पहिलो चरणमा प्रदेश २ बाट २२ लाख ४० हजार रुपैयाँ संकलन भएको हो । नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ, प्रदेश २ को संयोजनमा महोत्तरीको बर्दिवासमा घोषणा गरिएको खुत्रुके अभियानमा सो रकम संकलन गरिएको फाउन्डेसनले जानकारी दियो ।

होटल महासंघका पदाधिकारीहरुले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ लाई २२ लाख ४० हजार ५ सय रुपैयाँ हस्तान्तरण गरे ।

तस्वीर – धर्मुस सुन्तली फाउन्डेसन

रंगशाला निर्माणका लागि प्रदेश २ मा खुत्रुके अभियानसमेत थालिएको छ । अभियन्ता धुर्मुसले रुपैयाँ एक हजार खुत्रुकेमा खसालेर अभियानको शुरुवात गरे । उनले सबैलाई सहयोग गर्न समेत आग्रह गरे ।

‘सहयोगी मनहरुबाट सहयोग संकलन गरेरै चार वटा बस्ती बनायौं, अन्तिम पटक सहयोग गर्न आग्रह गर्दैछ,’ धुर्मुसले भने, ‘दियोमा तेल तपाईंहरु मिलेर थपिदिनुस् ।’

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का अध्यक्ष हिरा गौतमले प्रदेश २ का आठवटै जिल्लामा संचालित होटलहरु रंगशाला निर्माणको लागि सहयोगार्थ खुत्रुके अभियानकै रुपमा खुत्रुके राखिने जानकारी दिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ९ : ४८ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन