संघीयता आवश्यकता हो, फिर्ता हुँदैन : सभापति देउवा | Khabarhub Khabarhub

संघीयता आवश्यकता हो, फिर्ता हुँदैन : सभापति देउवा


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सङ्घीयता नेपालको वास्तविकता भएको हुँदा अब कुनै पनि हालतमा फिर्ता हुन नसक्ने बताएका छन् । मैथिली विकास कोषको आयोजनामा शनिबारदेखि शुरु भएको जनकपुर साहित्य–कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले सङ्घीयता देशको आवश्यकता भएको बताएका हुन् ।

उनले भने “अब कुनै बहानामा कसैबाट सङ्घीयतालाई खतरामा पार्ने गरी कुनै गतिविधि वा हस्तक्षेप गर्ने प्रयास भए काङ्ग्रेसलाई सह्य हुँदैन ।”
सरकारले अहिले विभिन्न बहानामा अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने हिसाबले सामाजिक सञ्जालमाथि प्रहार गर्न खोजेको टिप्पणी गर्दै सभापति देउवाले यस्ता कदमले लोकतन्त्रलाई बल नपुग्ने बताए । उलने नेपाली भाषापछि दोस्रो सबैभन्दा बढी बोलिने भाषा मैथिली भएको बताउँदै उनले मैथिली भाषा आफैँमा समृद्ध रहेको बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश नं २ को राजधानी जनकपुर र सरकारी कामकाजको भाषा मैथिली नै हुनुपर्ने बताए । पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका निधिले सामाजिक संरचना र सङ्घीय सिद्धान्तका आधारमा प्रदेशको आधिकारिक भाषा मैथिली, राजधानी जनकपुर र प्रदेशको नामाङ्कन मिथिला वा मिथिला भोजपुरा हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसालले मैथिली भाषा हाम्रो इतिहासको गौरव भएको बताए । उनले हरेक भाषा ज्ञान, उन्नति र चेतनाको राजमार्ग हुने भएकाले बौद्धिक विरासत कायम गर्नका लागि जागृतिको आवश्यकतामा जोड दिए ।  कार्यक्रममा राजपा नेपालका उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वृषेशचन्द्र लालले मैथिली भाषाको पुर्नरुत्थानको आवश्यकता रहेको बताए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ६ : ५५ बजे

काठमाडौंमा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने

काठमाडौं– समृद्धिका लागि हरित ऊर्जा भन्ने मूल नारासाथ बैशाख १२

चार लाख धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान

बुटवल– सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल

आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु

गल्याङ– स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङको

मस्कको सुझाव- रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !

काठमाडौंं– स्पेसएक्सका मालिक एलन मस्कले इजरायल र इरानबीच बढ्दो तनावबीच

दाइको हत्या गरेको आरोपमा भाइ पक्राउ

संखुवासभा– आफ्नै दाइ ४१ वर्षीय सनमान राईको हत्या गरेको आरोपमा सभापोखरी गाउँपालिका-३