पूर्व राष्ट्रपतिले भने : अहिले प्रतिस्पर्धा गर्नसक्ने शिक्षा आवश्यक छ | Khabarhub Khabarhub

पूर्व राष्ट्रपतिले भने : अहिले प्रतिस्पर्धा गर्नसक्ने शिक्षा आवश्यक छ


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराष्ट्रपति डा रामवरण यादवले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने शिक्षा अहिलेको आवश्यकता भएको बताएका छन् ।

डिल्लीबजार कन्याबहुमुखी क्याम्पसको ‘३९औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह’मा यादवले युग अनुसारको शिक्षाको विकासको लागि राजनीतिक नेतृत्वले विद्धानसँग छलफल गरेर सुधारका कार्य अघि बढाउन सुझाव दिए।

‘विश्वका धेरै मुलुक शिक्षाका कारण विकसित भएका छन्, नेपालको शिक्षालाई पनि प्रतिस्पर्धी बनाउनु आवश्यक छ,’ उनले भने ।
अहिले शिक्षकले विद्यार्थीलाई रोवर्ट बनाएको छ की मान्छे भनी प्रश्न गर्दै उनले मुलुकको भूगोल र सामाजिक विविधता बुझ्ने शिक्षा प्रदान गर्नु आवश्यक रहेको बताए ।

पूर्व राष्ट्रपति डा यादवले मधेश र पहाड मिलाएर गएमात्र मुलुकको विकास हुने बताउनुभयो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  १ : २१ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न