प्रतिनिधिसभाको बैठक आज बस्दै | Khabarhub Khabarhub

प्रतिनिधिसभाको बैठक आज बस्दै


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–संघीय संसदको प्रतिनिधिसभा बैठक आज (शनिबार) बोलाइएको छ । दिउँसो २ बजे बस्ने बैठकमा विभिन्न ३ विधेयक प्रस्तुत हुने कार्यतालिका छ ।

संघीय संसदका महासचिव मनोहप्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले प्रतिनिधि सभामा उत्पति भएका तीन विधेयक सम्बन्धी राष्ट्रियसभाबाट प्राप्त सन्देश टेकुल गर्ने कार्यतालिका छन् ।

योगीले निवृत्तिभरण कोष विधेयक २०७५, केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ र नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ टेबुल गर्ने भट्टराईले जानकारी दिए ।

यसअघि प्रतिनिधिसभाको शुक्रवारको वैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै शुक्रवारको बैठक स्थगित भएको हो ।

यसअघि बिहीबार बस्ने भनिएको वैठक मन्त्री अधिकारीसहित ७ जनाको निधन हुने गरी भएको हेलिकोप्टर दुर्घटनाका कारण शुक्रवार बस्ने गरी सूचना टाँस गरी स्थगित गरिएको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  १० : ४३ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द