जनगायक जीवन शर्माका छोराको उपचार सहयोगार्थ पोर्चुगलमा देउसीभैलो | Khabarhub Khabarhub

जनगायक जीवन शर्माका छोराको उपचार सहयोगार्थ पोर्चुगलमा देउसीभैलो


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोर्चुगल- ‘सिमली छायाँमा बसी भरिया दाइ लामो सास फेरेको’ जस्ता जनप्रिय गीतका सर्जक जनगायक जीवन शर्माका छोराको सहयोगार्थ लोकदोहोरी प्रतिष्ठान युरोप शाखाले पोर्चुगलमा देउसीभैलो कार्यक्रम आयोजना गरेको हो ।

गायक शर्माका छोरा बिरामी भएपछि उपचारका लागि आर्थिक अभाव भएको कुरा समाचारमा आएपछि उपचारका लागि सहयोग पु¥याउने उद्देश्यले देउसीभैलो खेली सङ्कलन भएको रु ५० हजार सहयोग रकम हस्तान्तरण गरिएको छ ।

नेपाली कला, संस्कृति र चाडपर्वको जगेर्ना र प्रवद्र्धन गर्नुका साथै जीवनभरि गायन क्षेत्रमा बिताएको सर्जक जीवन शर्माको परिवारमा परेको सङ्कटमा सहयोग गर्न पनि परदेशी भूमिमा देउसीभैलो आयोजना गरिएको लोकदोहोरी गायिकासमेत रहनुभएकी कार्यक्रमकी अगुवा बिनु बस्नेतले बताइन् ।

प्रतिष्ठान विश्वभरि छरिएर रहेका नेपाली कला र संस्कृतिलाई माया गर्ने दोहोरी गायन कलाकारहरुको साझा चौतारी भएकाले नेपाली कला संस्कृतिको प्रवद्र्धन गर्नु कर्तव्य सम्झिएर हामी हरेक नेपाली चाडपर्वमा आफ्नो कला र गला समर्पित गर्दै आएका छौँ र गर्नेछौँ, प्रतिष्ठानका महासचिव सुभाषचन्द्र पुनमगरले प्रतिक्रिया दिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ९ : ४३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०