भिलेन बनेर पर्दामा ‘कमब्याक’ गर्दैछन् शाहरुख खान? | Khabarhub Khabarhub

भिलेन बनेर पर्दामा ‘कमब्याक’ गर्दैछन् शाहरुख खान?


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड स्टार शाहरुख खानका फ्यान उनको फिल्म कुरिरहेका छन् । तर, शाहरुख फिल्ममार्फत पर्दामा आउन चाहिरहेका छैनन् । लगातार फिल्म फ्लप भएपछि शाहरुख फिल्म साइन गर्न डराइरहेको भन्दै भारतीय मिडियाले लेखेका छन् ।

यसैबीच खबर आएको छ कि, शाहरुख खान छिट्टै नै एक हलिउड फिल्मको रिमेकमा देखिने भएका छन् । खबरका अनुसार यो फिल्ममा उनको भूमिका खलनायकको हुनेछ ।

हलिउड फिल्म ‘किल बिल’ को हिन्दी रिमेकको राइटस् निखिल द्विवेदीले खरिद गरेका छन् । यसमा बन्ने हिन्दी फिल्मलाई अनुराग कश्यपले निर्देशन गर्नेछन् ।

शाहरुख खानको भूमिकाका लागि मेकरले उनीसँग कुरा गरिरहेको भारतीय मिडियाले स्रोतको हवाला दिँदै लेखेका छन् ।

निर्माण टिमले यो फिल्ममा शाहरुखलाई भिलेन किन चुने भने, उनले भिलेन बनेर पनि कैयन् फिल्मबाट दर्शकको मन जितेका छन् ।

अर्को रमाइलो कुरा के छ भने शाहरुखले पनि अनुराग कश्यपसँग काम गर्न चाहेका थिए । यो फिल्ममा यी दुईको काम देख्न पाइनेछ भन्नेमा दर्शक पनि आशावादी छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ४ : १६ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा