कलेजो सफा भए हुन्छ शरीर स्वस्थ, यसरी राख्नुस् सफा | Khabarhub Khabarhub

कलेजो सफा भए हुन्छ शरीर स्वस्थ, यसरी राख्नुस् सफा


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कलेजो स्वस्थ्य भएन भने हार्मोनको सन्तुलन बिग्रन जान्छ र रोग उत्पन्न हुन्छ ।

कलेजोले रगत शुद्धिकरण गर्नका साथै रगतको लागि आवश्यक प्रोटिन बनाउँछ । कलेजोको महत्वपूर्ण काम भनेको विषाक्त पदार्थलाई बाहिर निकालेर शरीरलाई स्वस्थ राख्नु हो । त्यसैले कलेजोलाई सफा राख्न आवश्यक हुन्छ । केही खानेकुरा हुन्छन् जसले कलेजोलाई सफा राख्न सहयोग पुग्छ ।

कसरी गर्ने कलेजोको सफाई ?

विशेषज्ञका अनुसार केहि यस्ता खानेकुरा हुन्छन्, जसले कलेजो सफा गर्न मद्दत गर्छ । नियमित उक्त खानेकुरालाई आफ्नो डाइटमा सामेल गर्ने हो भने, कलेजो क्रमस सफा हुँदै जान्छ ।

स्याउ

स्याउमा पेक्टिन र फ्लेवोनाइड्स हुन्छ, जसले कलेजोमा रहेको टक्सिन हटाउँछ ।

लसुन

लसुनमा सेलेनियम हुन्छ, जसले कलेजोमा रहेको हानिकारक टक्सिन सफा गर्न सघाउँछ । यसले गर्दा कलेजो सफा गर्न सहयोग पुग्छ ।

दालचिनी

यसमा ग्लूकोज र फ्रक्टोज हुन्छ, जो कलेजोलाई स्वस्थ्य राख्न आवश्यक हुन्छ ।

चुकन्दर

यसमा बिटा क्यारोटिन हुन्छ, जसले कलेजोलाई स्वस्थ्य राख्छ ।

बन्दागोभी

बन्दामा रहेको सल्फरले कलेजोको फोहोर हटाउन सहयोग गर्छ ।

कागति

कागतिमा साइटि्रक एसिड हुन्छ । कलेजोलाई स्वस्थ्य राख्नका लागि यो पनि निकै उपयोगी हुन्छ ।

आलुबखडा

आलु बखडामा रहेको एन्टिअक्सिडेन्ट पि|m रेडकल्सले कलेजोलाई रक्षा गर्छ ।

ओखर

ओखरमा ओमेगा ३ फ्याटी एसिड हुन्छ, जसले कलेजोमा जम्मा भएको टक्सिनलाई सफा गर्छ ।

अदुवा

अदुवामा एन्टि इन्फ्लेमेटरी र एन्टिमाइक्रोवियल गुण हुन्छ, जसले कलेजोलाई सुन्निन दिदैन ।

बेसार

बेसारमा करक्यूमिन हुन्छ, जसले कलेजोको प्रणालीलाई सहि राख्न मद्दत गर्छ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  २ : १७ बजे

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम