२१ औं शताब्दीमा गान्धी विचारको सान्दर्भिकता

श्रीमन नारायण

बुधबार, असोज १५, २०७६

Reading Time: 6 minutes

२१ औं शताब्दीमा गान्धी विचारको सान्दर्भिकता

कुनै पनि युग स्थायी हुँदैन । समय सधैं नै चलायमान हुन्छ । जसरी हामी अगाडि बढ्दै जानेछौं, त्यसरी नै समय पनि अगाडि बढ्दै जान्छ । सूचना तथा ज्ञानका आयाम पनि बदलिन्छन् ।

यसै आयामको परिणाम हो, इन्टरनेट प्रविधि र वर्तमान युगको सामाजिक सञ्जाल । यो पनि सम्भव हुन सक्छ कि वर्तमान युगको सामाजिक सञ्जाल भोलिका दिनमा हुनेछैन र यसको पनि ठाउँ कुनै नयाँ प्रविधिले लिनेछ ।

समय अनुसार पाइला चाल्नु नै आधुनिकता हो । यदि हामीले अहिलेको युगमा आफूलाई परिवर्तन गर्न सकेनौं भने पिछडिएका मानिनेछौं । तर यो कुरा प्रविधिको क्षेत्रमा मात्रै लागू हुन्छ, विचारमाथि होइन ।

असल र प्रासड्डिक विचार हाम्रो निम्ति सधैं उपयोगी र सान्दर्भिक रहिरहनेछ । महात्मा गान्धीको विचार आज पनि त्यत्ति नै सान्दर्भिक छ जति कि एक शताब्दी पहिले थियो, जतिबेला यसको प्रतिपादन उनले गरेका थिए ।

गान्धीको विचारको एउटा खास विशेषता भनेको उनको सन्देशले एउटा विशेष सार्वभौमिकता बोकेको हुन्छ, तसर्थ उनको विचार कुनै एउटा देशको निम्ति मात्रै नभई पूरै विश्वको लागि प्रेरणादायक मानिन्छ । प्रत्येक समय, प्रत्येक देश र प्रत्येक अवस्थाको निम्ति उनको विचार आज पनि प्रासड्डिक छ ।

यदि ताकत कुनै मूल्य हो तथा नैतिक विवेक प्रासड्डिक हो भने गान्धीको विचार हाम्रो निम्ति प्रासड्डिक नै छ । एक्काइसौं शताब्दीमा पनि गान्धीवादको सान्दर्भिकता र महत्त्वलाई अस्वीकार गर्न सकिंदैन।

सत्य एवं अहिंसाको विचारलाई प्रतिपादन गरेका महात्मा गान्धी मानवीय मूल्य एवं मान्यतालाई बलियो बनाउने मामिलामा पनि महान् व्यक्तित्व नै थिए ।

गान्धीको विचारलाई प्रचारप्रसार गर्ने उद्देश्यले विश्वभरि खुलेका गान्धीवादी सङ्घसंस्थाहरूले पनि सत्य एवं अहिंसाका बारेमा नै सिकाउने गरेका छन् ।

विश्वको जुनसुकै भाग तथा देशमा पनि यदि हिंसात्मक गतिविधि बढिरहेको छ भने त्यसमाथि रोक लगाउने एउटामात्र अस्त्र भनेको गान्धीको सत्य एवं अहिंसाको विचार नै हो । हाम्रो नैतिक एवं धार्मिक जीवनमा पनि गान्धीको विचारको निकै ठूलो महत्त्व छ ।

यदि हामीले नैतिक र धार्मिक रूपमा पनि सत्य एवं अहिंसाको पालन गर्न थाल्नेछौं भने यसको असर हाम्रो जीवनको क्षेत्रमा पनि पर्नेछ, चाहे त्यो राजनीति अथवा शासन व्यवस्था नै किन नहोस् ।

लोकतान्त्रिक व्यवस्थामा स्वराजको सपनालाई साकार गर्नु सहज काम होइन । स्वराजमा ‘स्व’को राज मात्रै स्थापित भएको छ । यथार्थमा अहिले ‘स्व’को निर्माण मात्रै भइरहेको छ ।

पैसा, जाति, पद, वर्ग र पूँजी आदिको रूपमा मात्रै ‘स्व’को अर्थ बुझ्नेहरूको तीव्र गतिमा प्रचार भइरहेको छ तर गान्धीको शब्दमा ‘स्व’लाई एउटा राष्ट्रको रूपमा स्वीकार गरिएको छैन ।

गान्धीलाई संसद तथा राज्यसत्तासित कुनै दुराग्रह थिएन तर उनी विकेन्द्रीकरण नीति अनुसार गाउँलाई बढीभन्दा बढी अधिकार दिन चाहन्थे । उनी राष्ट्रपति, मन्त्री, कमाण्डर तथा संसदलाई अपेक्षाकृत कम शक्ति दिन चाहन्थे तर त्यस्तो हुन सकेन ।

राजनेताहरूले लामो समयसम्म सत्तामा बसिरहनका निम्त जनतालाई भोट लिने बेलामा मात्र स्मरण गर्नयोग्य वस्तु ठान्ने काम मात्रै गरेका छन् । यस्तो अवस्थामा यो पनि मान्न सकिन्छ कि स्वराज केही क्षणको निम्ति मात्रै आयो ।

राजनीतिज्ञहरूले लोकतन्त्ररूपी स्वराजको उपयोग आफ्नो हितलाई पूरा गर्नका निम्ति मात्रै गरिरहेका छन् । फलस्वरूप जनताको मोहभड्ड भईरहेको छ र यसको असर व्यवस्थामाथि पनि परिरहेको छ ।

हाम्रो निहित स्वार्थ एवं सड्ढिर्ण प्रतिगामी विचारलाई गान्धीले पहिलो चुनौती ठान्दथे । सर्वत्र मूल्य एवं मान्यताको हरण भइरहेको अवस्थामा व्यक्तिले आफ्नो अन्तर्मनको कुरा सुनेर निर्णय लिनु पनि गान्धी कै ताकतको प्रतीक हो ।

आज फेरि पनि गान्धीको ‘स्वराज’को आवश्यकतालाई महसुस गरिंदैछ । एउटा नेताको स्तरमा ‘स्व’को स्तरमा नेता, समाज, देश र न्यायको स्तरमा पनि स्वराजको नियमको पालना गरिनुपर्दछ ।

गान्धीको स्वराजलाई अन्य व्यवस्थाको तुलनामा अपेक्षाकृत बढी नै जनता समर्थक मानिन्छ । आम जनताले पनि स्वच्छता, सादगी, अहिंसा तथा अपेक्षाकृत असल नागरिक बन्नका निम्ति स्वराजको नियमलाई पालन गर्नु आवश्यक छ ।

गान्धीको स्वराजमा गरीबी तथा निर्धनताबाट मुक्ति, पर्यावरण संरक्षण, नारी सशक्तीकरण तथा कृषि समस्याको समाधानका निम्ति अनेकौं उपाय बताइएका छन् ।

यसका अतिरिक्त भावी पुस्ताको निम्ति शिक्षा व्यवस्था कस्तो हुनुपर्दछ र यसको निम्ति ढाँचामा समेत कोरिएको छ । यसरी स्वराजमा लोकतान्त्रिक शासन अन्तर्गत आउनसक्ने सबैखाले चुनौतीहरूको समाधानको बाटो पनि देखाइएको छ ।

वर्तमान अवस्थामा गान्धीको स्वराजलाई धरातलमा उतार्न गार्‍हो छ तर केही कुरामाथि गम्भीरतापूर्वक ध्यान दिने हो भने उनको स्वराजको नजिकसम्म अवश्य पनि पुग्न सकिन्छ ।

यसको निम्ति लोकतन्त्रको नाममा गठित विभिन्न संस्थाहरूको भूमिकाको जाँच गर्न सकिन्छ तथा जाँचको परिणामलाई कार्यान्वयनमा ल्याएर जनताको विश्वास पनि जित्न सकिन्छ । लोककल्याणकारी समाजको स्थापना गरेर पनि केही हदसम्म स्वराज स्थापनाको दिशामा पाइला चालिएको मान्न सकिन्छ ।

लोकतान्त्रिक शासन प्रणालीमा शासक तथा व्यवस्थाप्रति असन्तोष बढ्नुको मूल कारण जनताको निम्ति बनाइएका कानून र संस्थाले जब जनताको हितविपरीत तथा निष्पक्ष भावले काम गर्दैन अनि गएर मात्रै जनतामा असन्तोष उत्यपन्न हुन जान्छ तसर्थ सरकारको काममा समानता एवं निष्पक्षता हुन आवश्यकता छ ।

महात्मा गान्धीले जुन स्वराजको सपना देखेका थिए, त्यो आजसम्म पूरा हुन सकेको छैन । स्वराज प्राप्तिको निम्ति गरीबीबाट मुक्ति, महिला सशक्तीकरण, पर्यावरण संरक्षण, ग्रामीण क्षेत्र र कृषि क्षेत्रको विकासलाई अपरिहार्य मानिन्छ ।

गान्धीको विचारमा स्वराज भनेको व्यक्तिको आफ्नो मनको शासन हो । त्यसमा सत्याग्रह तथा आत्मबल निर्णायक साबित हुन सक्छ तर यसको उपयोग त्यतिबेला मात्रै गर्न सकिन्छ, जतिबेला हामी पूर्णरूपेण स्वदेशी वस्तुलाई उपयोग गरिरहेका हुनेछौं ।

मनुष्यको जीवन, आकाङ्क्षा, सुख–दुःख सफलता, असफलता, लाभ–हानि, प्रगति–पतन जस्ता मूल विषयलाई जब मूल्य एवं मान्यताको ठाउँमा प्रविधिले परिभाषित गर्न थाल्दछ अनि सभ्यतामाथि नै सड्ढट आउन थाल्छ ।

यस्तो प्रयोग हामी अन्य कसैलाई सजाय दिन अथाव विरोध गर्नका निम्ति नभई यसलाई आफ्नो कर्तव्य ठानेर यस्ता काम गर्नेछौं, गान्धीको विचारमा छात्रहरूलाई जीवनगत मूल्य एवं मान्यतामा आधारित शिक्षा दिइएन भने त्यो पनि महत्त्वहीन नै साबित हुनेछ ।

गान्धीले हिन्द स्वराजमा आधुनिक सभ्यताको तिखो आलोचना गर्दै यस कुरामा बल दिएका छन् कि स्वराजको स्थापना हाम्रो सभ्यताको मूल्यमाथि आधारित हुनुपर्दछ ।

उनी पश्चिमेली सभ्यतालाई सरूवा रोग जस्तो ठान्दथे । किनभने यो भौतिक सुखमा आधारित हुन्छ तसर्थ उनी यसको अन्धो अनुकरणका विरोधी थिए तर पश्चिमा पनि राम्रो कुरालाई आफ्नो अनुकूल हुने गरी आत्मसात गर्न सकिन्छ भनेका थिए ।

पूरै विश्वमा सभ्यताको भविष्यलाई लिएर जुन बहस चलिरहेको छ, त्यसमा पनि गान्धीको विचार नै सबैभन्दा बढी प्रासड्डिक विकासको रूपमा देखिएको छ । कुनै पनि राम्रो तथा कल्याणकारी सभ्यताको आधार धर्म, नीति तथा मूल्य नै हुने गर्दछ ।

मेशिन, प्रविधि तथा यन्त्रको उपयोग साधनको रूपमा मात्रै हुनुपर्दछ । यसलाई नै साध्य बन्न दिनुहुँदैन तर आधुनिक सभ्यताको आधार मूल्य, नीति एवं धर्मको ठाउँमा आधुनिक प्रविधि बन्न गएको छ ।

मनुष्यको जीवन, आकाङ्क्षा, सुख–दुःख सफलता, असफलता, लाभ–हानि, प्रगति–पतन जस्ता मूल विषयलाई जब मूल्य एवं मान्यताको ठाउँमा प्रविधिले परिभाषित गर्न थाल्दछ अनि सभ्यतामाथि नै सड्ढट आउन थाल्छ ।

हाम्रो निहित स्वार्थ एवं सड्ढिर्ण प्रतिगामी विचारलाई गान्धीले पहिलो चुनौती ठान्दथे । सर्वत्र मूल्य एवं मान्यताको क्षरण भइरहेको अवस्थामा व्यक्तिले आफ्नो अन्तर्मनको कुरा सुनेर निर्णय लिनु पनि गान्धी कै ताकतको प्रतीक हो ।

यदि ताकत कुनै मूल्य हो तथा नैतिक विवेक प्रासड्डिक हो भने गान्धीको विचार हाम्रो निम्ति प्रासड्डिक नै छ । एक्काइसौं शताब्दीमा पनि गान्धीवादको सान्दर्भिकता र महत्त्वलाई अस्वीकार गर्न सकिंदैन।

भर्खर

0