जर्जियाका प्रधानमन्त्रीद्वारा राजीनामाको घोषणा | Khabarhub Khabarhub

जर्जियाका प्रधानमन्त्रीद्वारा राजीनामाको घोषणा


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ट्ब्लीसी– आफ्नो मिसन पूरा भएको भन्दै ककेशिसन मुलुक जर्जियाका प्रधानमन्त्री ममुका बख्ताद्जेले राजीनामा दिने घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै प्रधानमन्त्री बख्ताद्जेले ‘अघिल्लो वर्ष आफूले निर्धारण गरेको रणनीतिक विकासको लक्ष्य पूरा गरेको’ भन्दै राजीनामा दिने घोषणा गरेका हुन् । उनले नयाँ प्रधानमन्त्रीको उम्मेद्वार केही दिनभित्र घोषणा गरिने जनाएका छन् ।

‘रणनीतिक विकासको फ्रेमवर्क स्थापित गरिएको, लागू गरिएका कारण आफ्नो मिसन पूरा भएको विश्वासका साथ आफूले राजीनामा दिने निर्णय लिएको’ पोष्टमा उल्लेख छ ।

अर्थतन्त्रमा उदारीकरण, नेटो र युरोपेली युनियनको सदस्यताका लागि पहल गर्न भन्दै उनलाई गत वर्ष त्यहाँको संसद्ले प्रधानमन्त्रीमा निर्वाचित गरेको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ६ : ४७ बजे

सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छ : गगन थापा

सुदूरपश्चिम– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विकास र सुशासन पार्टीको

सुदूरपश्चिममा अन्योल, एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन गृहकार्य !

धनगढी– सुदूरपश्चिममा नयाँ सरकार निर्माण बारे अन्योलता बढेको छ ।

राष्ट्रियसभा अध्यक्ष दाहालसँग गणतन्त्र कोरियाका संसदीय टोलीको भेट

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेको गणतन्त्र

वन्यजन्तु सप्ताह : सामुदायिक वनमा चरा अवलोकन

भरतपुर– २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत सोमबार चितवनमा चरा अवलोकन गरिएको छ

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन

काठमाडौं–  संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई सर्वसम्मतिले