विश्व सम्पदा सूचीमा सूचीकृत ६ सय वर्ष पुरानो ‘घाँसेपुल’ | Khabarhub Khabarhub

विश्व सम्पदा सूचीमा सूचीकृत ६ सय वर्ष पुरानो ‘घाँसेपुल’


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरु– घासे पुल भन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । तर पेरुमा घाँसको डोरीबाट बनाइएको ६ सय वर्ष पुरानो घासे पुलु अझै अस्तित्वमा छ । पेरुको कुस्को इलाकामा रहेको अपुरिमेक नदीमा रहेको सो घाँसे पुललाई त्यहाँका स्थानीयले वर्षेनी मर्मत गर्ने गरेका छन् ।

हरेक वर्ष त्यो पुलमा बनाइएका घाँसे डोरीहरु फेर्छन् उनीहरु । पुरानो घाँसेपुल हटाएर मानिसहरुले हरेक वर्ष नयाँ घासेपुल बनाउँछन् । यो पुललाई इन्का रोप ब्रिज भनिन्छ ।

यो पुल इन्का साम्राज्यका बेला बनेको बताइन्छ । हातले बाटेका घाँसको मोटो डोरी नदीको वारपार बाँधेर पुल बनाइएको छ । पछिल्लो ६ सय वर्षदेखि स्थानीय मानिसहरुको खोला वारपार गर्ने माध्यम यही पुल हो ।

यो ऐतिहासिक पुललाई सन् २०१३ मा युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको हो । हरेक वर्ष पुलको डोरी फेर्ने क्रममा नदीको वारि र पारि दुवैतर्फका बासिन्दाहरु जुट्दछन् र घाँसका मोटा मोटा डोरी बाट्दछन् ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  १० : २५ बजे

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो