एटिएमबाट पैसा लुटेर भागेका अर्का एक चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ | Khabarhub Khabarhub

एटिएमबाट पैसा लुटेर भागेका अर्का एक चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एटिएमबाट पैसा लुट्ने चिनियाँ गिरोहका थप एकजना पक्राउ परेका छन् । उनी त्रिभुवन विमानस्थलबाट पक्राउ परेका हुन् ।

एटिएम लुटपाटमा संलग्न उनी चीन भाग्ने तयारीमा रहेको बेला सु लुसली नामका ३६ वर्षीय चिनियाँ विमानस्थलबाट पक्राउ परेका हुन् ।

आइतबार राति उनी पक्राउ परेका प्रहरीले जनाएको छ । फरार अन्य दुईको खोजी भईहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए ।

शनिवार राति राजधानीको दरबारमार्गमा रहेको एटिएम बुथबाट पैसा निकाल्दै गर्दा एक जना चिनियाँ नागरिक पक्राउ परेका थिए । त्यसपछि लुटपाटमा संलग्न अन्य चार जनालाई प्रहरीले पक्राउ गरेको थियो । केही भने भाग्न सफल भएको बताएको प्रहरी आइतबार लुसलीलाई विमानस्थलबाट पक्राउ गरेको हो ।

चिनयाँ ह्याकरको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, ८० हङकङ डलर, १ हजार १ सय ९१ चिनियाँ युआन, ९ हजार १ सय ८ अमेरिकी डलर, ५ हजार कम्बोडियाको मुद्रा र २ सय ५० यूरो बरामद भएको थियो । पाँचै जनालाई प्रहरीले आइतवार दिउँसो सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ८ : ३८ बजे

भारतको लोकसभाको पहिलो चरणको मतदान आज

काठमाडौं– भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान

क्यानडामा इस्लाम धर्मावलम्बीले अब उधारो र सापटीको ब्याज तिर्नु नपर्ने

टोरोन्टो–  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बजेटमा यस्तो घोषणा गरेका हुन्,

संसदीय समिति बैठक बस्दै, फास्ट ट्रयाकका बारेमा छलफल हुने

काठमाडौं– संघीय संसद्को एक समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा

आईपिएल : पञ्जाबमाथि मुम्बई ९ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

काँक्रेविहार– भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा भेरी करिडोरमा