आर्यनले गरे ‘मेरो एउटा साथी छ’ सँग ‘कबीर सिंह’ को तुलना, भने- अफर आयो भने गर्छु | Khabarhub Khabarhub

आर्यनले गरे ‘मेरो एउटा साथी छ’ सँग ‘कबीर सिंह’ को तुलना, भने- अफर आयो भने गर्छु


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रायः लभस्टोरी फिल्ममा जम्ने अभिनेता आर्यन सिग्देल चलचित्र ‘हजार जुनीसम्म’ मार्फत दर्शकमाझ आउँदैछन् । उनी यसअघि ‘कायरा’ मा लभर ब्यायकै रुपमा देखिएका थिए । फिल्म खासै चलेन । अहिले भने उनी चलचित्र ‘हजार जुनीसम्म’ बाट धेरै नै आशावादी छन् ।

यतिबेला प्रचारमा खुलेर लागेका आर्यनको केन्द्रीय भूमिका छ फिल्ममा ।

प्रचारका क्रममा राजधानीमा गरिएको एक पत्रकार सम्मेलनमा भेटिएका अभिनेता आर्यनलाई पत्रकारले सोधे, ‘नेपालमा निर्माण गरिने भनिएको फिल्म ‘कबीर सिंह’ को रिमेकमा तपाईंलाई अफर आएको भन्ने सुनिन्छ नि?’

यसको जवाफमा आर्यनले आफूलाई यो फिल्ममा अफर नआएको तर यस्तो भूमिकाले सधै लोभ्याउने गरेको बताए । उनले यो भूमिकामा जुनै कलाकारले पनि अभिनय गर्दा उचित हुने धारणा राखे ।

‘मलाई फिल्मबाट अफर आएको छैन, मैले पहिले अभिनय गरेको फिल्म ‘मेरो एउटा साथी छ’ पनि मेरो यस्तै भूमिका थियो, मलाई यस्तो भूमिकामा काम गर्दा रमाइलो लाग्छ,’ उनले भने ।

केही समयदेखि नेपालीमा ‘कबीर सिंह’ को रिमेक बन्ने चर्चा थियो । फिल्ममा अभिनयको अफर ‘शुभ लभ’ का अभिनेता हरिहर शर्मालाई पनि गरिएको चर्चा पनि चलेको थियो । त्यसो त यो फिल्म बन्ने या नबन्ने भन्नेमा नै औपचारिक रुपमा खबर बाहिर आएको छैन ।

‘हजार जुनीसम्म’ को कुरा गर्नुपर्दा यो फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, अनुभव रेग्मी, प्रियंका कार्की, सञ्चिता लुइँटेल, अखिलेस प्रधान लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ । फिल्मको ट्रेलर केही समयअघि रिलिज भएको थियो । ट्रेलरले सकारात्मक प्रतिक्रिया पाएको छ ।

विकास राज आचार्यले निर्देशन गरेको यो फिल्म साउन ३० देखि नेपालभर प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ४ : ०१ बजे

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन

अन्तरिक्ष यात्रामा जाँदै सुनिता विलियम्स

काठमाडौं । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स तेस्रो

पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा हेर्दाहेर्दैमा राखिएको छ ।

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

हेटौंडा- बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको

जग्गा बेच्न दिने अध्यादेश : क–कसलाई फाइदा ? (सूचीसहित)

काठमाडौं – सरकारले यही वैशाख १६ र १७ गते गर्न