थाइल्याण्डको राजधानी बैंककमा श्रृङ्खलाबद्ध विस्फोट | Khabarhub Khabarhub

थाइल्याण्डको राजधानी बैंककमा श्रृङ्खलाबद्ध विस्फोट


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैंकक– थाइल्याण्डको राजधानी बैंककका ६ स्थानमा श्रृङ्खलाबद्ध बम विस्फोट भएको छ । सानो आकारका ती बम विस्फोटका कारण ३ जना घाइते भएका छन् ।

यी बिस्फोटहरु जनधनको ठूलो क्षति पु¥याउन भन्दा पनि सरकारविरुद्ध सांकेतिक विरोध गर्नका लागि गराइएको हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दक्षिण पूर्वी एसियाली संगठन (आसियान) को मन्त्रीस्तरीय सुरक्षा बैठक चलिरहेका बेला बम विस्फोट भएको हो । अमेरिकी विदेशमन्त्री माइक पम्पेओ समेत सहभागी उक्त बैठकमा उनले सम्बोधन गर्नुअघि बम विस्फोट भएको हो ।

थाई प्रधानमन्त्री प्रयुथ चान–ओ–चाले बम बिस्फोटका घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि कडा कानूनी कारबाही गर्न निर्देशन जारी गरेका छन् । त्यस्तै थाइल्याण्ड सरकारले मुलुकको सुरक्षा व्यवस्थालाई कडा बनाइएको र आम जनतालाई भयभित नहुन आह्वान गरेको छ ।

थाइल्यान्ड सरकारले बम आक्रमणबारे जथाभावी हल्ला नफिजाउन समेत आह्वान गरेको छ । बम विस्फोटनको उद्देश्य र यसमा कुन समूहको संलग्नता छ भन्नेबारे अझै स्पष्ट भइसकेको छैन । बम विस्फोटको जिम्मा पनि हालसम्म कुनै समूहले लिइसकेको छैन ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  २ : ५० बजे

जलवायु परिवर्तनमा हाम्रो योगदान छैन : अर्थमन्त्री

वासिङ्टन– अर्थमन्त्री वर्षमान पुनले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालसहित

च्याम्पियन्स लिग : रियल मड्रिड सेमिफाइनलमा

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको

मानसिक रोगको कारण बन्नसक्छ स्मार्ट फोन

सामाजिक मनोचिकित्सक जोनाथान हाइडट पछिल्लो समय युवा पुस्ता अझ भनौँ

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी– स्थानीय तहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती