प्रहरीको पोशाकमा विमानस्थल पुगेर ३ अर्ब मूल्य बराबरको ७५० किलो सुन लुटियो | Khabarhub Khabarhub

प्रहरीको पोशाकमा विमानस्थल पुगेर ३ अर्ब मूल्य बराबरको ७५० किलो सुन लुटियो


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ब्राजिलमा बन्दुकधारीहरूले कम्तिमा तीन करोड डलर(करीब ३ अर्ब नेपाली रुपैयाँ) बराबरको ७५० किलोग्राम सुन लुटेका छन् ।

उनीहरुले प्रहरीको पोशाकमा आएर साओ पावलोस्थित ग्वारुलियोस विमानस्थलबाट उक्त सुन लगेका हुन्।

उक्त सुन न्यूयोर्क र ज्यूरिक पुर्‍याउन लागिएको थियो। प्रहरीका अनुसार विमानस्थलका दुईजना कर्मचारीलाई बन्धक बनाएर उक्त सुन लगिएको हो । घटना बिहीवारको हो ।

सुनबारे गोप्य जानकारी लिनका लागि उनीहरुले विमानस्थलका एक वरिष्ठ अधिकारीका परिवारका सदस्यको अपहरण गरेको अनुमान गरिएको छ ।

सन्दिग्धहरूले पिकअप ट्रकलाई ब्राजिलको सङ्घीय प्रहरीको गाडीको स्वरूप दिएका थिए । उनीहरूले सुनलाई आफ्ना गाडीमा हाल्न विमानस्थलका कर्मचारीलाई बाध्य पारेका थिए।

भिडिओ फुटेजमा देखिए अनुसार गाडीबाट चारजना झरेका थिए र उनीहरूमध्ये कम्तीमा एक जनासँग राइफल थियो।

विमानस्थलका एकजना प्रवक्ताले घटनामा कोही पनि घाइते नभएको बताए।

यद्यपि कर्मचारीलाई बन्धक बनाइएको विषयमा उनले कुनै प्रतिक्रिया दिएनन्।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  १ : ४० बजे

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो

वैदेशिक रोजगारमा जानेलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको

नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले नियम विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ