भृकुटीमण्डपमा तीज महोत्सव सुरु, जाने होइन त ? | Khabarhub Khabarhub

भृकुटीमण्डपमा तीज महोत्सव सुरु, जाने होइन त ?


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिन्दू नारीहरुको पर्व तीजको अवसरमा राजधानीको भृकुटीमण्डपमा महोत्सव शुरु भएको छ ।

महिला श्रृजनशील केन्द्रको आयोजना तथा इभेन्ट संसार डटकमको व्यवस्थापनमा ‘श्रृजनशील उद्यमी मेला २०७६’ विहीवारबाट सुरु भएको हो ।

५ दिनसम्म चल्ने उक्त मेलालाइ ‘तीज महोत्सव २०१९’ नाम दिइएको छ । प्रदर्शनीमा श्रंगारका सामानले झिलीमिली देखिएका छन् ।
विहीवारदेखि सुरु भएको मेलामा शुक्रवार महिलाहरुको चहलपहल बढ्दै गएको छ ।

चुरा, पोते, टिका, धागो र सारी किन्नका लागि महिलाहरुको भीड लागेको छ भने अवलोकन गर्न आउनेहरुको संख्या पनि उत्तिकै देखिन्छ ।
मेलामा १ सय ९२ वटा स्टलहरु राखिका छन् । मेलामा महिला उद्यमी तथा विभिन्न संघ संस्थाले आफ्ना स्टलहरु राखेका छन् ।

५ दिनको कार्यक्रममा ५० हजारभन्दा बढिले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।

महिलाहरुको आत्मविश्वास बढाएर क्षमता विकास अभिवृद्धि गर्दै उनीहरुलाइ श्रृजनशील बनाउँदै उद्यमशीलतामा अगाडी बढाउनु नै संस्थाको उद्धेश्य रहेको महिला श्रृजनशील केन्द्रकी अध्यक्ष मिलु थापाले बताइन् ।

‘हरितालिका तीज नजिकिँदै छ’ उनले भनिन्, ‘दिदीबहिनीहरुका लागि यो मेला निकै उपयोगी हुनेछ’ ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ११ : ४२ बजे

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्