‘कामरेड’ ओलीका क्रान्ति र प्रतिक्रान्ति | Khabarhub Khabarhub

‘कामरेड’ ओलीका क्रान्ति र प्रतिक्रान्ति



केपी शर्मा ओली कामरेडले ०५२ सालमा शुरु भएको माओवादी जनयुद्धलाई उग्रवादी, उग्रवामपन्थी आदिको विल्ला भिडाउँदै कठोर आलोचना गरेका थिए । तर ओली कामरेड आफै ०२८ सालमा माओवादी जनयुद्ध गर्ने भन्दै सशस्त्र संघर्षको बाटोमा लागेका थिए । पंचायती व्यवस्था र राजतन्त्रका विरुद्ध सिपि मैनाली, मोहनचन्द्र अधिकारी आदि नेताहरु सँगै केपी ओली कामरेडपनि झापाली सशस्त्र संघर्षका अगुवा थिए ।

कतिपय कमिकमजोरीका वावजुद झापाली सशस्त्र संघर्ष र जनआन्दोलनले नेपालको राजनीतिमा तात्कालिन वामपन्थी आन्दोलनमा रहेको दक्षिणपन्थी अवसरवादका विभिन्न रुपहरुका विरुद्ध क्रान्तिकारी जनपक्षीय कम्युनिस्ट आन्दोलनको धार सिर्जना गरेको थियो । यसले जनतामा नयाँ जनवादी (नयाँ लोकतान्त्रिक) व्यवस्थाकालागि संघर्ष गर्न प्रेरणा र आशा जगाएको थियो ।

कतिपय गल्ति कमजोरी र नवसिकारुपनका वावजुद पनि सही मार्क्सवादी लेनिनवादी माओवादी नीतिका कारणले झापा जिल्लावाट शुरु भएको यस सानो आन्दोलनले देशव्यापी रुप लिन पुग्यो । यसका नेता कार्यकर्ताहरुको त्याग तपस्या र बलिदानले न्यायप्रेमी नेपाली जनतामा ठुलो उत्साह जगाएको थियो ।

राजतन्त्र र पंचायती शासकहरुले जतिसुकै कठोर दमन गरेपनि सही जनपक्षीय नीतिका कारण यो आन्दोलन फैलिएर विशाल पार्टीको रुप लिन पुग्यो । यस आन्दोलनमा रहेका कयौं नेता कार्यकर्ताहरुलाई तत्कालिन शासकहरुले निर्मम हत्या गरेपनि यो आन्दोलन नष्ट भएन ।

मोहन चन्द्र, राधाकृष्ण मैनाली, केपी ओली लगायतका नेताहरुलाई दशौं वर्ष जेलमा सडाएपनि यसले उल्टै जनता र कार्यकर्ताहरुमा प्रेरणा दिने काम गर्‍यो । नेकपा माले एमाले हुँदै अहिलेको नेकपा(नेकपा) जस्तो ठुलो पार्टी वन्न र मनमोहन नेतृत्वको अल्पमत सरकार देखि अहिलेको दुई तिहाइ समर्थनको सरकार बन्न यस आन्दोलनले ठुलो भूमिका निभायो ।

यो कामरेड ओली लगायतका नेताहरुको क्रान्तिकारी कामको उदाहरण हो । तर कामरेड ओलीले राष्ट्रघाती महाकाली सन्धी गरेर प्रतिक्रान्तिकारी कामको पनि नेतृत्व गरे । गिरिजा प्रसाद नेतृत्वको सरकारले शुरु गरेको सो सन्धी संसदवाट पारित गराउन ओलीले नेतृत्वदायी भूमिका खेले । यो ओली कामरेडको प्रतिक्रान्तिकारी जनविरोधी राष्ट्रघाती कदम थियो । यसकै परिणाम स्वरुप तात्कालिन एमाले फुट्यो ।

सरकारले वाइड वडी भ्रष्टाचार काण्ड जस्तो ठुलो र गम्भीर भ्रष्टाचार काण्डका अपराधीहरुलाई तदारुकतासाथ कारवाही गर्न चाहेन । एनसेल काण्डमा त्यस्तै । बालुवाटार काण्डमा आफ्नै नेताहरुलाई कारवाही गर्ने हिम्मत पनि गरेन ।

फुटेका दुबै समुहहरु पालैपालो कहिले कांग्रेस त कहिले पूर्व पंचहरुको नेतृत्वमा सरकारमा गयो र जनआन्दोलनलाई धोका दिन थाल्यो । सांसद किनवेचमा पनि यी समुहहरु संलग्न भए । भ्रष्टाचारमा कयौं नेता कार्यकर्ताहरु डुब्न थाले ।

तात्कालिन राजाले सत्ता हातमा लिएपछि ओली कामरेड लगायतका नेताहरुले जनताप्रति क्षमायाचना गरी विगतको गल्ति नदोहर्‍याउने प्रतिवद्धता व्यक्त गर्दै जनतालाई ०६२ को जनआन्दोलनमा आउन आह्वान गरे ।

०६२ को आन्दोलनपछि विभिन्न आरोह अवरोह पार गर्दै संविधान बनाउने क्रममा ओली कामरेड लगायतले लिएको अडानका कारण भारतीय दवावका वावजुद संविधान घोषणा भयो । त्यसपछि भारतले गरेको नाकावन्दीका विरुद्ध ओली कामरेडले जुन तरिकाले अडान लिंदै विरोध गर्नुभयो, त्यसले ओलीको पहिलेको छविमा परिवर्तन ल्याएको थियो । तर अहिले ओली कामरेड प्रतिक्रान्तिको बाटोमा लाग्न थालेका छन् । उनले चुनावमा जुन प्रतिवद्धता जनाएका थिए, त्यसको विपरित कामहरु हुन थालेका छन् ।

जनताले समाजवाद उन्मुख बजेटको अपेक्षा गरेका थिए । ओलीलेपनि सोही प्रतिवद्धता जनाएका थिए । तर ओली सरकारका दुबै बजेटहरु समाजवाद उन्मुख आएनन् । पुरानै सरकारका बजेटहरु जस्तै रह्यो उनका दुबै बजेटहरु । देश भित्र उद्योग, कृषि, पर्यटन आदिको तीब्र विकास गर्ने नीति र योजना सहितको बजेट, नीति तथा कार्यक्रम ओली सरकारले ल्याएन ।

ओली सरकारलेपनि दलाल पूँजीवाद र नोकरशाही पूँजीवादलाई नै प्रोत्साहन दिने बजेट ल्याए । परिणाम स्वरुप गत आर्थिक वर्षको देशको कुल संघीय बजेट १३ खर्ब १५ अर्ब भन्दा बढी व्यापार घाटा भयो । गत वर्षको व्यापार घाटा १३ खर्ब २१ अर्ब पुगेको सरकारी तथ्यांक छ । व्यापार घाटा यस्तो चरम सीमामा पुग्नुको अर्थ हो-नेपालको पूँजी वाहिर जानु, नेपालमा उद्योग कृषि आदिको विकास नहुनु, नेपालमा रोजगारीको अवसर वृद्धि नहुनु र अन्तमा गरिवीको दुश्चक्रमा फँस्नु ।

ओली सरकारले भएको बजेट र सरकारी ढुकुटीमा जम्मा भएको पैसा समेत सदुपयोग गरेर विकास निर्माण काम तीब्र गर्न सकेन । लक्ष्य अनुसार राजश्वपनि उठाउन सकेन ।

ओली सरकारले वाइड वडी भ्रष्टाचार काण्ड जस्तो ठुलो र गम्भीर भ्रष्टाचार काण्डका अपराधीहरुलाई तदारुकतासाथ कारवाही गर्न चाहेन । एनसेल काण्डमा भएको घोटाला असुलीमा पनि तदारुकता देखाएन । बालुवाटार काण्डका अपराधी आफ्नै नेताहरुलाई कारवाही गर्ने हिम्मत पनि गरेन । बालुवाटार काण्डलाई आफ्नो कुर्सी बलियो बनाउने वार्गेनिङ चिपको रुपमा मात्रै प्रयोग गरिरहेका छन् ।

विश्व इतिहासमा र नेपालको इतिहासमापनि दुई थरी कांग्रेस तथा दुई थरी कम्युनिस्ट छन् । जनपक्षीय कांग्रेस र जनपक्षीय कम्युनिस्टसँगै जनविरोधी कांग्रेस र जनविरोधी कम्युनिस्ट भएकाले इतिहासबाट सिकेर काम गर्न आवश्यक छ।

प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रता विरोधी विधेयकहरु ल्याएर ओली कामरेडले लोकतन्त्रमाथि घात गर्ने दुश्प्रयास थालेका छन् । सेनामाथि आफ्नो व्यक्तिगत नियन्त्रण कायम गर्ने कुत्सित मनसायले प्रधानसेनापतिलाई समेतपनि संकटकाल घोषणाको प्रकृयाबाट बाहिर राख्ने गैर संवैधानिक विधेयक ओली सरकारले बनायो । गुठी विधेयकले जनताको प्राचिन आदिम साम्यवादी सामुहिक काम गर्ने संस्कृतिलाई समेत नष्ट गर्ने ओली सरकारको कुनियत स्पष्ट पारेको छ ।

यी केही तथ्यहरुले पनि ओली सरकार अहिले प्रतिक्रान्तिको बाटोमा लागेको स्पष्ट हुन्छ । नेपालको इतिहासमा पहिलो पटक एकल बहुमतसहित कम्युनिस्ट सरकार बनेको स्वर्णीम अवसरको ओली कामरेडले दुरुपयोग गरे । माओले भन्नु भए झैं ओली कामरेडको वर्ग परिवर्तन भयो । जनपक्षीय वर्गवाट उनी दलाल तथा नोकरशाही वर्गको नेतामा रुपान्तरण भए ।

विश्व इतिहासमा र नेपालको इतिहासमापनि दुई थरी कांग्रेस तथा दुई थरी कम्युनिस्ट रहि आएको छ । जनपक्षीय कांग्रेस र जनपक्षीय कम्युनिस्टसँगै जनविरोधी कांग्रेस र जनविरोधी कम्युनिस्ट रहि आएको छ । रुसमा सन् १९१७ मा लेनिन स्तालिन नेतृत्वको जनपक्षीय कम्युनिस्ट पार्टी(वोल्शेभिक)को नेतृत्वमा तत्कालिन सत्तामा रहेको जनविरोधी कम्युनिस्ट पार्टी(जसलाई मेन्शेभिक भनिन्थ्यो)लगायतको विरुद्ध सशस्त्र क्रान्ति गरेर महान अक्टोवर समाजवादी क्रान्ति सफल बनाएको इतिहासबाट नेपाली जनताले अवश्यपनि सिक्नेछन् ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ८ : ४९ बजे

अमेरिका भ्रमण सकाएर स्वदेश फर्किए अर्थमन्त्री पुन  

काठमाडौं– अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फर्किएका छन् । 

अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

इजरायल– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय

पत्रकार राष्ट्रको सच्चा पहरेदार हो : प्रदेश प्रमुख परियार

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेले पाए भौतिक पूर्वाधार मन्त्रालय

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन्