रक्सौल-काठमाडौँ रेलमार्गमा ४५ किलोमिटर सुरुङ बन्ने | Khabarhub Khabarhub

रक्सौल-काठमाडौँ रेलमार्गमा ४५ किलोमिटर सुरुङ बन्ने


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रस्तावित रक्सौल–काठमाडौँ रेलमार्गमा ४५ किलोमिटर सुरुङमार्ग प्रस्ताव गरिएको छ। रेलमार्ग निर्माणका लागि तयार पारिएको प्रारम्भिक प्रतिवेदनमा ४५ किलोमिटर सुरुङमार्ग प्रस्ताव गरिएको रेल विभागले जनाएको छ ।

भारतको कोंकण रेलवे कर्पोरेसन लिमिटेड (केआरसीएल)ले तयार पारेको प्रारम्भिक प्रतिवेदन परराष्ट्र मन्त्रालय हुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइपुगेको छ । सो प्रतिवेदनमा रेल मार्गको कुल लम्बाइ १३५ किलोमिटर रहेको प्रस्ताव गरिएको छ ।

“सो रेलमार्गमा ४५ किलोमिटर सुरुङमार्ग प्रस्ताव गरिएको छ”, रेल विभागका प्रवक्ता अमन चित्रकारले भने । त्यसैगरी ३५ वटा पुल निर्माणको समेत प्रस्ताव गरिएको छ । सो रेलमार्गका लागि नेपाल सरकारको समन्वयमा कोंकण रेलवे कर्पोरेसन लिमिटेडले करिब एक वर्ष लगाएर प्रतिवेदन तयार पारेको थियो ।

प्रवक्ता चित्रकारका अनुसार वीरगन्जस्थित सुक्खा बन्दरगाहदेखि काठमाडौँको चोभारमा प्रस्तावित सुक्खा बन्दरगाहसम्म कुल १३५ किलोमिटर प्रस्ताव गरिएकोे हो । सो अन्तरदेशीय रेलमार्ग ब्रोडगेज ढाँचामा निर्माण गर्ने गरी प्रस्ताव प्रतिवेदनमा गरिएको छ । यसअघि भने भारतले १९० र १३५ किलोमिटर दूरी पर्ने गरी सो रेलमार्ग निर्माणको प्रस्ताव नेपालसामु राखेको थियो ।

प्रस्तावित यो रेलमार्ग निर्माण प्रक्रियालाई अगाडि बढाउन गत वर्षको भदौ १५ गते नेपाल र भारतबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । प्रधान मन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नेपालको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका तत्कालीन सचिव मधुसूदन अधिकारी र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले उक्त समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ८ : १५ बजे

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संवैधानिक काम गरे : कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले गण्डकी र सुदूर पश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट

कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर

बैतडी– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति

गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा– गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली– तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर