पूर्वसभासद कार्की भ्रष्टाचारी ठहर | Khabarhub Khabarhub

पूर्वसभासद कार्की भ्रष्टाचारी ठहर


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — पहिलो संविधानसभामा तत्कालीन नेकपा एमालेकातर्फबाट समानुपातिक सभासद बनेका डोलबहादुर कार्की (डीबी)लाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेको छ ।

न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलासले मंगलबार विशेष अदालतको फैसला सदर गर्दै कार्कीलाई भ्रष्टाचारी ठहर गरेको हो ।

विशेष अदालतले २०६७ सालमै कार्की र उनका सहयोगीलाई भ्रष्टाचारी ठहर गरी ६ महिना कैद र १ लाख जरिवाना हुने फैसला गरेको थियो । कार्कीले विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन दिएको भए पनि सर्वोच्चले मंगलबार उनलाई भ्रष्टाचारी ठहर गर्दै विशेष अदालतको फैसलालाई नै सदर गरेको हो ।

एकजनालाई प्रहरी निरीक्षक बनाइदिन्छु भन्दै कार्की र उनका सहयोगी स्वामी ब्रह्मानन्द उदासिनले एक लाख घुस लिँदै गर्दा २०६७ फागुनमा सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको थियो ।  सोही आरोपमा विशेष अदालतमा कार्की र उदासिनविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ८ : ४१ बजे

सभामुख घिमिरे आज स्वदेश फर्किँदै 

काठमाडौं– जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार