भारतको महाराष्ट्रमा भारी वर्षा, छुट्टाछुट्टै चार स्थानमा ३२ जनाको मृत्यु | Khabarhub Khabarhub

भारतको महाराष्ट्रमा भारी वर्षा, छुट्टाछुट्टै चार स्थानमा ३२ जनाको मृत्यु


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बइ- भारतको महाराष्ट्रमा भारी वर्षाका कारण चार छुट्टाछुट्टै स्थानमा भर्खाल भत्किदा ३२ जनाको मृत्यु भएको छ । आर्थिक राजधानी मुम्बईमा अविरल वर्षापछि एक पर्खाल भत्किँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । घटनामा अन्य ६० बढी घाइते भएका छन् । यस्तै, पुणेमा ६, कल्याणमा ३ र नासिकमा ३ जनाको ज्यान गएको भारतीय अधिकारीले जानकारी दिएका छन् ।

स्थानीय समयानुसार मङ्गलबार बिहान करिब २ बजे पर्खाल भत्किएको मुम्बईको प्रकोप नियन्त्रण विभागका प्रवक्ता तानाजी काम्बलीले एएफपी समाचार समितिलाई बताएका छन् । करिब दुई करोड बासिन्दा रहेको तटीय शहर मुम्बईमा भारी वर्षाका कारण दोस्रो दिन पनि जनजीवन अस्तव्यस्त रहेको छ ।

भारी वर्षाका कारण सरकारी विदाको घोषणा गरिएको र स्थानीय बासिन्दालाई घर बाहिर नजान र घरमा नै बस्न सल्लाह दिइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । विश्वविद्यालय र विद्यालयहरु बन्द गरिएको छ । यस्तै भारी वर्षाका कारण मुम्बई विमानस्थलबाट हुने उडान पनि प्रभावित भएको छ । पछिल्लो २४ घण्टामा ५५ उडानलाई डाइभर्ट गरिएको छ भने ५२ उडान रद्द गरिएको छ ।

अबिरल वर्षापछि मुम्बई शहरको मिथि नदीको सतह बढेकाले त्यस इलाका आसपासमा रहेका करिब एक हजार व्यक्तिलाई अन्यत्रै सुरक्षित इलाकामा लगिएको छ । भारतको मौसम विभागले मध्यप्रदेशसहित छत्तिसगढ, महाराष्ट्र, गुजरात, झारखण्ड, उत्तर प्रदेश, अरुणाञ्चल, असम, बंगालमा आगामी दुई दिनसम्म भारी वर्षा हुने चेतावनी जारी गरेको छ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ६ : २७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०