भारतको नन्दा देवी हिमालबाट चार आरोहीको उद्दार | Khabarhub Khabarhub

भारतको नन्दा देवी हिमालबाट चार आरोहीको उद्दार


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको दोस्रो अग्लो हिमाल नन्दा देवी (७,८१६ मिटर) चढ्न गएका पर्वतारोहीको एक टोलीमा सामेल चार जनाको जीवतै उद्दार गरिएको छ । उद्दार गरिएकाहरुलाई नन्दा देवी बेस क्याम्पबाट पिथौरागढ लगेर अस्पताल भर्ना गरिएको छ । १२ पर्वतारोही सामेल उक्त टोलीका अन्य आठ जना भने अझै बेपत्ता छन् ।

बेपत्ता आठ जनाको खोजी गर्न हेलिकप्टर परिचालन गरिएको छ । उनीहरु मे १३ मा नन्दा देवी चढ्न गएका थिए । तोकिएको समयमा उनीहरु नफर्केपछि सर्वत्र चासो भएको थियो । हराइरहेका पर्यटकमध्ये चार बेलायती, दुई अमेरिकी, एक–एक जना अष्ट्रेलियन र भारतीय छन् । अधिकारीहरुले उक्त हिमालमा हिम पहिरो आएको संकेत देखिएको बताएका छन् ।

आकस्मिक उद्धारकर्ता शनिबार त्यसतर्फ गएपनि प्रतिकुल मौसमका कारण उनीहरुले खोजी कार्य बन्द गरेका थिए । उनीहरुको खोजी कार्य हाल भारती वायुसेनाले दुई हेलिकप्टरमार्फत गरिरहेको बीबीसीले जनाएको छ ।

उक्त टोलीको नेतृत्व बेलायती नागरिक मार्टीन मोरनले गरेका थिए । हराइरहेका अन्य बेलायती पर्वतारोहीहरुमा जोन म्याकलेरन, रर्पट वेवेल र रिचार्ड पाइनी रहेका छन् । त्यस्तै, अमेरिक पर्वतारोही एन्थोनी सुडेकम, रोनाल्र्ड बेइमेल छन् भने अष्ट्रेलियन नागरिक रुथ म्याकक्यान्स र भारतीय गाइड चेतन पाण्डे रहेका छन् ।

नन्दा देवी विश्वको २३ औँ अग्लो हिमाल हो भने यसको प्रथम सफल आरोहण सन् १९३६ मा गरिएको थियो ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ७ : ३६ बजे

पूर्वेली दर्शक भेट्न निस्किए ‘डिग्री माइला’का कलाकार

काठमाडौं– नयाँ वर्षलाई लक्षित गरी ल्याइएको फिल्म ‘डिग्री माइला’का बारेमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी

प्रधानमन्त्रीसँगको भेटमा झलनाथ खनालले के भने ?  

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ

६ वर्षमा वाणिज्य बैंकका शाखा कार्यालय २ हजारले बढे

काठमाडौँ– पछिल्लो ६ वर्षको समयमा वाणिज्य बैंकहरुको शाखा २ हजारको

आज चैते दसैँ पर्व मनाइँदै

काठमाडौँ– आज चैते दसैँ पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हिन्दु