२४ वर्षअघि नै बिल गेट्सको भविष्यवाणीः इन्टरनेटमा लाइभ भिडियो प्रशारण सेवा आउनेछ | Khabarhub Khabarhub

२४ वर्षअघि नै बिल गेट्सको भविष्यवाणीः इन्टरनेटमा लाइभ भिडियो प्रशारण सेवा आउनेछ


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सूचना प्रविधिको तिव्र विकाससँगै पछिल्लो समय सामाजिक सञ्जालबाट हुने प्रत्यक्ष भिडियो प्रशारण सेवा सबै मानिसमाझ लोकप्रिय छ । तर यो सेवाका विषयमा विश्वका धनाढ्य व्यक्ति एवं माइक्रोसफ्टका संस्थापक बिल गेट्सले २४ वर्ष अगाडि नै भविष्यवाणी गरेका थिए । सामाजिक सञ्जालमा अहिले कुनै पनि समाचार एवं जानकारी क्षण भरमै संसारभर फैलन्छ ।

बिल गेट्सले २४ वर्षअगाडि नै जिक्यू पत्रिकाका पत्रकार ट्यारी प्रेसेलाई दिएको एक अन्तर्वार्तामा यसबारे बोलेका थिए । पछिल्लो समय सामाजिक सञ्जालमा आउने अफवाह फैलाउने खालका गलत समाचार तथा लाइभ सेवाबारे भविष्यवाणी गरेको उक्त अन्तर्वार्ताबाट स्पष्ट हुन्छ ।

तत्कालिन समयमा गेट्स ३९ वर्षका थिए । त्यसबेला फोब्र्स म्यागिजिनले उनलाई १२ दशमलब ९ बिलियन डलरको सम्पत्तिका साथ विश्वकै धनी व्यक्तिको सूचीमा राखेको थियो । अहिले भने उनी विश्वको धनी व्यक्तिको दोस्रो नम्बरमा छन् । पहिलो नम्बरमा रहेका अमेजनका जेफ बेजोसको सम्पत्ति ९९ दशमबल ६ बिलियन रहेको फोब्र्सले जनाएको छ । २४ वर्षअघि गेट्ससँग पत्रकार प्रेसेले गरेको अन्तर्वार्ताको अंश मार्क बरोसले ट्वीटरमार्फत सार्वजनिक गरेका छन् । मार्क बेरोस पत्रकार प्रेसेको जीवनी लेखक हुन् ।

अन्तर्वार्तामा गेट्सले भनेका छन्, ‘इन्टरनेटले हरपल हाम्रो मनोरञ्जनको शैलीलाई बदलिदिने छ । अहिलेको (९० को दशक) समयमा धेरैजसो मानिसहरुको साथमा चलचित्र हेर्नका लागि भिसिआर वा डिभिडी प्लेयर हुन्छ । आगामी दश वर्षमा यी सबै (भिसिआर–डिभिडी) वस्तुहरु हराएर जानेछन् ।’

प्रेसे प्रश्न सोध्छन्, ‘अहिले हरेक घरको अति आवश्यक हिस्साको रुपमा रहेको भिसिआर–डिभिडी साँच्चै नै पूर्ण रुपमा हराएर जान्छ त ?
गेट्स– ‘अबको चार–पाँच वर्षमा दोस्रो प्रविधि डिस्क प्लेयरले यसको स्थान लिने छ । यसपछि लाइभ भिडियो प्रशारणको सुविधा आउनेछ । त्यसबेला यसका प्रयोगकर्ताले भिसिआरलाई अनावश्यक वस्तुको रुपमा लिनेछन् ।’

बिल गेट्सको अन्तर्वार्ताको छापिएको दश वर्ष सन् २००५ मा युट्युबको स्थापना भएको थियो । यस्तै सन् २००७ मा नेटफ्लिक्सले चलचित्र तथा अन्य भिडियो शो इन्टरनेटको माध्यमबाट अनलाइन प्रशारण गर्ने घोषणा गरेको थियो । अहिले नेटफ्लिक्सका १५ करोड सब्स्क्राइबर्स रहेका छन् । यसका साथै हरेक महिना २ अर्बभन्दा बढी मानिसहरुले युट्युबमा भिडियो हेर्ने गरेका छन् ।

गेट्सले उक्त अन्तर्वार्ताको क्रममा सामाजिक सञ्जालमा अफवाह फैलाउने खालका गलत समाचार पनि आउने उद्घोष गरेका थिए ।
प्रेसेले सोधेका थिए, ‘के आगामी दिनमा मानिसहरुले इन्टनेटको प्रयोग गलत खबर फैलाउनका लागि पनि गर्नेछन् ?

प्रेसेले यो प्रश्नसँगै उदाहरण पनि प्रस्तुत गरेका थिए, ‘के कुनै व्यक्तिले सामूहिक नरसंहार हुँदै नभएको दावी गर्न सक्छन् ?’
गेट्सले भनेका थिए, ‘इन्टरनेटमा गलत समाचार व्यापक रुपमा आउनेछ । यद्यपि, तपाईंमाझ त्यसको वैधता जाँच्ने मौका भने रहनेछ ।’

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ५ : ४० बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

गोदार– धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

कांग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद दीपक खड्काले

इरानमा हमला भएकै दिन तेलको मूल्य ३ प्रतिशत बढ्यो

काठमाडौं – विश्वबजारको महत्वपूर्ण तेल निर्यातकर्ता इरानमाथि इजरायलले मिसाइल आक्रमण गरेकै दिन

हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना

काठमाडौं- आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यलाई १२ लाख