पीएम कप क्रिकेट समूह बी को विजेता बन्दै पुलिस सेमिफाइन्लमा | Khabarhub Khabarhub

पीएम कप क्रिकेट समूह बी को विजेता बन्दै पुलिस सेमिफाइन्लमा


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता (पीएम कप क्रिकेट) मा विभागिय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको समूह चरणको अन्तिम खेलमा प्रदेश २ लाई १५६ रनले पराजित गर्दै पुलिस समूह ‘बी’ बाट सेमिफाइनलमा पुगेको हो ।
टस जितेर पहलिो ब्याटिङ गरेको पुलिसले दिएको २५४ रनको फराकिलो लक्ष्य पछ्याएको प्रदेश नम्बर २ २९ ओभरमा सबै विकेट गुमाएर ९७ रन मात्रै बनाउन सक्यो ।
प्रदेश २ का लागि हरि शंकर साहले २९ रन जोड्दा कप्तान मेहबुब आलमले २१ रन बनाए । यस्तै रबी साहले १५ रन जोड्दा सुरज पटेलले १२ रन बनाए । प्रदेश २ लाई सस्तैमा पुलिसका दीपेन्द्रसिंह ऐरीले १० ओभरमा १ मेडनसहित २८ रन खर्चिए ५ विकेट लिए ।
ललित नारायण राजवंशीले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५३ रन बनाएको थियो । पुलिसका लागि अमित श्रेष्ठले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, सुनिल धमलाले ४३, अनिल कुमार साहले ३७, कुशल भुर्तेलले ३५ तथा आरिफ शेखले ३२ रन बनाए ।
प्रदेश २ का संसद शेखले ४ तथा राशिद खानले २ विकेट लिए । यो जितसंगै पुलिस समूह बीको विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । समूह चरणमा अपराजित रहेको पुलिसले ४ खेलमा ४ जितसहित ८ अंक जोड्यो । यस्तै, समूह बी मा आर्मी उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो । आर्मीले ४ खेलमध्ये ३ मा जीत र एक खेलमा हार व्यहोर्दा ६ अंक जोड्यो ।

 

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ५ : १२ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न