सचिव बन्न अधिकृत भएको २५ वर्ष हुनुपर्ने व्यवस्था गर्न सांसदहरुको माग | Khabarhub Khabarhub

सचिव बन्न अधिकृत भएको २५ वर्ष हुनुपर्ने व्यवस्था गर्न सांसदहरुको माग


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले मन्त्रालयका सचिवहरुको कार्यक्षमतामाथि नै प्रश्न उठाएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की प्रतिनिधिसभा सांसद रामकुमारी झाँक्रीले मन्त्रालयका सचिवहरुको कार्यक्षमतामाथि नै प्रश्न उठाएकी हुन् । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आइतवार बसेको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै उनले मन्त्रालयको सचिवहरुको कार्य क्षमता, कुशलता, समन्वयमा अभाव देखिएको दावी गरिन् ।

सांसद झाँक्रीले सचिवमा बढुवा हुन कम्तिमा पनि अधिकृत भएको २५ वर्ष पुग्नै पर्ने कानुनी व्यवस्था गर्न पनि सरकारसँग माग गरिन् ।

भारतमा अधिकृत भएको ३३ वर्ष पछि मात्रै सचिव हुने प्रावधान राखिएको उल्लेख गर्दै नेपालमा पनि सचिव हुन अधिकृत भएको कम्तिमा २५ वर्ष हुनैपर्ने कानुनी व्यवस्था गर्नुपर्ने उनको तर्क छ ।

सांसद झाँक्रीले अधिकृत भएको केही वर्षमै सचिव हुने भएका कारण पनि सचिवहरुमा कार्य कुशलताको अभाव देखिएको दावी पनि गरिन् । सांसद विमला विश्वकर्माले बन्द÷हडतालमा उत्र्ने कर्मचारीलाई पदबाटै हटाउने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारिन् ।

समितिका अर्का सदस्य एवम् पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले भने चिकित्सकहरुलाई जथाभावी सरुवा नगर्न सरकारलाई सचेत गराइन् । चिकित्सकहरुको क्षमता प्रयोगमा आउनेगरी उनीहरुलाई सरुवा गर्ने कानुन व्यवस्था गर्न सरकारलाई उनको सुझाव छ ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ४ : ५६ बजे

युएईविरुद्ध नेपालको खराब सुरुवात, दुवै ओपनर आउट

काठमाडौं–  नेपालले युएईविरुद्धको खेलमा खराब सुरुवात गरेको छ । एसीसी

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३