अर्थमन्त्रीलाई ठाकुरको प्रश्न– तराई मधेस कार्यक्रम बजेटमा खोई ? | Khabarhub Khabarhub

अर्थमन्त्रीलाई ठाकुरको प्रश्न– तराई मधेस कार्यक्रम बजेटमा खोई ?


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टीका सांसद महन्थ ठाकुरले सम्मृद्ध तराई मधेस कार्यक्रम बजेटमा समावेश नभएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक बर्ष २०७६/७७ को राजश्व र व्ययको बार्षिक अनुमान अर्थात् बजेट माथिको छलफलमा सहभागी हुदै उनले अहिले पनि मधेसमा संचालन भईरहेको सम्मृद्ध तराई मधेस कार्यक्रम बजेटमा नआएको भन्दै त्यसबारे अर्थमन्त्रीसँग जिज्ञासा राखे ।

उनले सिंचाईका लागि मधेसका गाउँ गाउँमा पोखरी रहेको भन्दै ऐतिहासिक र धार्मिक सांस्कृतिक महत्व बोकेका पोखरी संरक्षण र मर्मत संभारमा ध्यान दिन सके सरकारले अघि सारेको सिंचाई सुविधाको कार्यक्रम सफल हुने बताए ।

पर्यटन, धार्मिक तथा सांस्कृतिक धरोहरको संरक्षणका विषय बजेटमा आएपनि सम्पुर्ण क्षेत्रलाई समेट्ने काम नभएको भन्दै उनले गढीमाई, सिम्रौनगढ, जलेश्वर, परौलास्थान,धनुषक्षेत्र तथा सिरहा सप्तरीका थुप्रै पर्यटकीय स्थलको संरक्षण र सम्वद्र्धनलाई समावेश गर्न आग्रह गरे ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ४ : १७ बजे

आर्थिक संवृद्धिसँगै अन्तर्राष्ट्रिय प्रभाव बढाउँदै कतारका अमिर

कतारका लागि बङ्गलादेश र नेपाल दुई प्रमुख श्रम बजार हुन्।

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक

आज गोरखा भूकम्पको सम्झना

काठमाडौं – वि‍.सं. २०७२ वैशाख १२ गते शनिबार ११ बजेर