असार १ गतेबाट काठमाडौंमा दिनभर मालवाहक सवारी चलाउन रोक | Khabarhub Khabarhub

असार १ गतेबाट काठमाडौंमा दिनभर मालवाहक सवारी चलाउन रोक


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपत्यकामा जामको समस्या तीव्र भएपछि आगामी असार १ गतेबाट बिहानदेखि बेलुकासम्म ठूला तथा साना मालबाहक सवारी प्रवेशमा रोक लगाइने भएको छ । बिहान ८ देखि बेलुकी ७ बजेसम्म रिंगरोडसहित काठमाडौं छिर्ने विभिन्न नाकाबाट मालवाहक सवारी सञ्चालनमा रोक लगाउने तयारी भइरहेको यातायात व्यवस्था विभाग स्रोतले जनाएको छ । सार्वजनिक विदाको दिन भने यो व्यवस्था लागू नहुने विभागले जनाएको छ ।

आपत्कालीन र अत्यावश्यक सेवामा प्रयोग भएका बाहेकका सवारीलाई तोकिएको क्षेत्रमा बिहानदेखि साँझसम्म प्रवेश र सञ्चालन नगर्न विभागले सूचित गरेको छ । दूध, तरकारी, फलफूल, पानी, कुखुराका चल्ला पानी, पेट्रोलियम पदार्थ, लगायतका सामग्री बोकेका सवारीलाई भने रोकिने छैन ।

काठमाडौं उपत्यकाभित्र मालबाहक सवारीको संख्या बाक्लिँदै गर्दा त्यसले रिंगरोड क्षेत्रमा पनि जाम बढेकाले नाकाहरुमै रोक्ने गरी निर्णय भएको विभाग स्रोतले जनाएको छ । काठमाडौं र ललितपुरको चक्रपथभित्रको सबै क्षेत्र र भक्तपुरको भित्री शहरी क्षेत्रमा पनि यो प्रावधान लागू हुनेछ ।

त्यसैगरी चक्रपथ बाहिरको चाबहिल–जोरपाटी सडक, गोपीकृष्ण–कपन सडक, नारायणगोपाल चोक–बुढानीलकण्ठ सडक, बालाजु बाइपास–गोलढुंगा सडक, बगडोल–नख्खु सडक, सातदोबाटो–हरिसिद्धी सडक, ग्वार्को–चापागाउँ सडकमा बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म मालबाहक सवारी सञ्चालनमा निषेध गरिनेछ ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  १ : ४९ बजे

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार