३२ लाखले हेरे दरबार हत्याकाण्ड भएको ठाउँ, अधिकांशको प्रश्न– कसले चलायो गोली ? | Khabarhub Khabarhub

३२ लाखले हेरे दरबार हत्याकाण्ड भएको ठाउँ, अधिकांशको प्रश्न– कसले चलायो गोली ?


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजदरबार हत्याकाण्ड भएको १८ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते आयोजना भएको नियमित शुक्रवारे रात्रिभोजका क्रममा दरबार हत्याकाण्ड भएको थियो । जसमा तत्कालिन राजा वीरेन्द्रको परिवारसहित १० जनाले ज्यान गुमाएका थिए ।

हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र लगायत परिवारका अन्य सदस्यको हत्या भएको थियो । राजपरिवारका सदस्यको हत्यापछि सरकारले बनाएको छानवीन टोलीले तत्कालिन युवराज दीपेन्द्रले गोली चलाएर बुवा वीरेन्द्रसहित सबैको हत्या गरेको र आफैंले आफूमाथि गोली चलाएर आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । तर आम नेपालीले त्यसलाई पत्याउन सकेनन् र दरबार हत्याकाण्ड ‘रहस्यमयी हत्याकाण्ड’ को रुपमा रहन गयो ।

दरबार बन्यो संग्रहालय

त्यति ठूलो नरसंहार भएको नारायणहिटी राजदरबार अहिले संग्रहालयको रुपमा सार्वसाधारणको लागि खुल्ला छ ।

नेपालमा २४० वर्ष शासन गरेको राजतन्त्र हट्दै गणतन्त्र स्थापना भएपछि राजदरबार संग्रहालय बनेको हो । नारायणहिजी राजदरबार मात्र नभएर नरसंहार भएको स्थान समेत हो । त्यसकारण पनि आम मानिसलाई उक्त स्थानबारे चासो लाग्नु स्वभाविक हो ।

तर, दरबार हत्याकाण्ड भएको १४ वर्षपछि हत्याकाण्डको मूल थलो त्रिभुवन सदन तत्कालीन राजा ज्ञानेन्द्र शाहले भत्काउन लगाएका थिए । उक्त त्रिभुवन सदनको बिलियार्ड हलभित्र तत्कालिन राजाको परिवारका सदस्यहरुको हत्या भएको थियो । उक्त विलियार्ड हलको जगबाट गाह्रो उठाएर पुन बनाइएको छ ।

हत्याकाण्डपछि रानी ऐश्वर्याको जुत्ता त्रिभुवन सदनभित्रको बिलियार्ड हलमा भेटिएको थियो भने शव दीपेन्द्र निवासको भर्या‍ङमा फेला परेको थियो ।

संग्रहालय जाने धरैले राजाहरुले लगाउने श्रीपेच हेर्न लामो समयसम्म पाएका थिएनन् । तर गत वर्ष यो श्रीपेचलाई सार्वजनिक गरिएको छ । उच्च सुरक्षाका साथ श्रीपेचलाई प्रधानमन्त्री केपी ओलीले सार्वजनिक गरेका थिए ।

बुलेट प्रुफ सिसाको सोकेसमा श्रीपेचको साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट, तरबार लगायतका सामाग्री राखिएको छ ।यस श्रीपेचमा ७सय ५० वटा हिराका टुक्रा छन् भने कल्ली बाहेकका भागमा हिरामोती, माणिक, नवरत्न, सुन जडित छ । नारायणहिटीको शैलुन कक्षमा रहेका यी सामाग्री सार्वजनिक अवलोकनका लागि सुर्खेत र रूपन्देही कक्षमा राखिएको छ ।

लाखौंले घुमे संग्रहालय

नारायणहिटी संग्रहालय घुम्न दैनिक सयौंको संख्यामा आन्तरिक र वाह्य पर्यटक नारायणहिटी पुग्ने गरेका छन् ।

०६५ सालबाट सञ्चालनमा आएदेखि नारायणहिटी संग्रहालय अहिले सम्म करिब ३२ लाख आन्तरिक र विदेशी पर्यटकले अवलोकन गरेका छन् । दरबार संग्रहालय जाने अधिकांशले जेठ १९ गतेको घटना स्मरण गर्ने गरेका छन् र हत्याकाण्ड कसले घटायो वा कसले गोली चलायो भन्दै आफैमा प्रश्न गर्ने गरेका छन् ।

२०६५ साल माघ १६ गते सर्वसाधारणका लागि खुला भएको संग्रहलयमा ०७६ वैशाखसम्ममा (करिब ११ वर्षको अवधि) मा ३१ लाख ७८ हजार ६ सय जना पर्यटकले भ्रमण गरेका छन् । त्यसबाट संग्रहालयले २७ करोड ३७ लाख ५८ हजार ७ रुपैयाँ राजस्व असुल गरेको नारायणहिटी संग्रहालयले जानकारी दिएको छ ।

यो अवधिमा सार्क राष्ट्रबाट ७८ हजार ८ सयले संग्रहालयको अवलोकन गरेका थिए भने तेस्रो मुलुकका १ लाख ८६ हजार ७ पर्यटकले संग्रहालयको अवलोकन गरेका संग्रहालयले जनाएको छ ।

पर्यटक संख्या र आम्दानी उत्साहप्रद भएको संग्रहालयका प्रमुख अदैतप्रसाद श्रेष्ठले बताए। नारायणहिटी संग्रहालयलाई नेपालकै विशिष्ट सग्रहालय बनाउन सकिने उनको भनाइ छ ।उनले भने, ‘नेपाल भित्रने पर्यटनको गन्तव्यभित्र नारायणहिटी संग्रहालय पनि पर्छ । तर, राज्यले यो संग्रहालयलाई प्राथमिकताभित्र राखेको पाँइदैन । संसारमा संग्रहालयहरू फस्टाएको देखिएको र सुनिएको छ । नारायणहिटी संग्रहालयका त्यस्तै हुनसक्छ ।’

पछिल्लो समय नारायणहिटी संग्रहालय पर्यटन स्थल बन्दै गएको पाइन्छ । कतिपय नेपाल घुम्न आएका विदेशी पर्यटक लागि नारायणहिटी संग्रहालयले अध्ययन केन्द्र पनि बन्दै गएको छ ।

ठमेल र दरमार्गमा घुम्न जाने पर्यटन नारायणहिटी संग्रहालय छिर्ने गरेको उनको भनाइ छ ।

सङग्रहालय भित्र विभिन्न बैठक कोठा, राजारानीको शयन कक्ष, राजकीय पाहुनाले प्रयोग गर्ने शयन कक्ष, भान्छा कोठा, भोजन कोठा आदि गरी ५२ कोठा छन् । विभिन्न जिल्लाका नाममा निर्माण गरिएका २१ कक्षलाई पनि प्रदर्शनीमा राखिएको छ ।

सङग्रहालय घुम्न आउने दर्शकका लागि महानगरीय प्रहरी नारायणहिटी गारद गुल्मले सुरक्षा दिइरहेको छ । संग्रहालय भित्र झोला, क्यामरा, खानेकुरा लैजान तथा फोटो खिच्न मनाही गरिएकोे छ ।

दैनिक ३ हजारसम्म अवलोकनकर्ता संग्रहालय आउने गरेका छन् । संग्रहालयले घुम्ने आउने विद्यार्थीका लागि २० रुपैयाँ, नेपालीक नागरिकका लागि १ सय रुपैयाँ, सार्क राष्ट्रका पर्यटकका लागि २ सय ५० रुपैयाँ र तेस्रो देशका नागरिकका लागि ५ सय रुपैयाँ शुल्क तोकिएको संग्रहालय जनाएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  १ : ५७ बजे

महावैका तत्कालीन गाउँपालिका उपाध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका

‘खगेन्द्र’ र ‘रुद्रकली’लाई यसरी पुर्‍याइनेछ कतार

तस्बिरः कृष्ण आचार्य/रासस काठमाडौं – कतारका अमिर शेख तमिम बिन

राजनीतिक घुम्ती परिवर्तन गर्ने सोचमा छौँ : भीम रावल

काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले राजनीतिको घुम्ती परिवर्तन गर्ने

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

सहकारीका समस्या समाधान गर्न कानून बनाउने सरकारको निर्णय

काठमाडौं– सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने