रात्रिकालीन व्यवसायमा काम गर्ने श्रमिकलाई श्रम ऐनले छोएन | Khabarhub Khabarhub

रात्रिकालीन व्यवसायमा काम गर्ने श्रमिकलाई श्रम ऐनले छोएन


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आउने पर्यटकलाई लक्षित गरी सरकारले राजधानीका अति व्यस्त मानिएका दरबारमार्ग, ठमेललगायत क्षेत्रलाई २४ सै घण्टा सञ्चालन गर्नेगरी योजना ल्याएको धेरै भइसक्यो । तर, सुरक्षाको कारण देखाउँदै सरकारको उक्त योजना अहिलेसम्म पनि कार्यान्वयन हुन सकेको छैन ।

त्यही क्षेत्रमा अहिले हजारौ श्रमिकले आफ्नो रोजिरोटीको व्यवस्था गरिरहेका छन् । श्रम बेचेर दैनिकी गुजार्ने श्रमिकको हक अधिकारलाई मध्यनगर गर्दै सरकारले ल्याएको श्रम ऐनमा अन्य क्षेत्रका श्रमिकको अधिकारको कुरा उल्लेख गरिएपनि रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने कामदारको हक अधिकारलाई ऐनले नसमेटेको भन्दै उनीहरुले गुनासो पनि गरेका छन् ।

स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्याएका गजल, लाइभ ब्याण्ड, क्लब, लाउञ्ज रेष्टुराँ, डिस्को, दोहोरी साँझलगायतका क्षेत्रमा काम गर्ने श्रमिकको संख्या पछिल्लो समय बढ्दै गएको छ । स्वदेशमै रोजगारी गर्ने योजनासहित मनोरञ्जनका क्षेत्रमा काम गर्ने यस्ता मजदुर सरकारले लागू गरेको श्रम ऐन र नियमावलीअनुसार सेवा सुविधा पाउनबाट बञ्चित भएको रोजगार क्षेत्रमा काम गर्दै आएका संघसंस्थाको दाबी छ ।

सरकारले श्रमिकको हकमा श्रम ऐनमा गरिएको व्यवस्था लागू नहुँदा उनीहरु धेरै सेवासुविधा पाउनबाट बञ्चित भएको रोजगारका क्षेत्रमा काम गर्दै आएको संस्था विश्वास नेपालले जनाएको छ । विश्वास नेपालका अनुसार यो क्षेत्रमा रोजगारी गरिरहेका श्रमिकले श्रम ऐनअनुसार तलब, सेवा, सुविधा पाउँदैनन् । जसका कारण उनीहरु दबिएर काम गर्न बाध्य रहेको विश्वास नेपालले जनाएको छ ।

हाल सरकारले विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ९ सय रुपैयाँ तोकेको छ । तर, यो क्षेत्रमा काम गर्ने श्रमिकले सरकारले तोके अनुसारको तलब पाउँदैनन् ।

सरकारले श्रमिकका हकअधिकार स्थापित गर्न बनाएको कानूनले रात्रिकालीन मनोरञ्जन क्षेत्रमा रोजगारी गरिरहेका श्रमिकलाई खासै प्रभाव नपरेको विश्वास नेपालकी निर्देशक बालकुमारी आलेमगरले बताइन । ‘घरको आर्थिक अवस्था कमजोर भएका कारण कतिपय महिला रात्रिकालीन क्षेत्रमा काम गर्छन ।

मनोरञ्जनको क्षेत्रमा काम गर्ने कतिपय महिला श्रमिक यौन शोषणको सिकार बनिरहेका छन् । उनले भनिन, ‘ग्रामिण क्षेत्रका महिला र सामान्य रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कस्ता काम हुन्छ भने जानकार नभएका युवाती तथा महिला ल्याएर काम लगाइन्छ । उनीहरुलाई सरकारले तोकेअनुसार सेवा पाउनबाट बञ्चित छन् ।’ रात्रिकालीन व्यवसायमा काम गर्नेहरु समस्यामा परे पनि उजुरी लिएर नजाने गरेको पाइएको छ । पीडित कामदारहरु समाज र प्रशासनसँग डराउने गरेको खबरहबसँगको कुराकानीमा बताएका छन् ।

यो क्षेत्रमा ८० प्रतिशत महिला कामदार रहेको विश्वास नेपालले जनाएको छ । यति ठुलो संख्यामा महिला कामदारले काम गर्ने क्षेत्रमा रहेका कामदारको समस्याप्रति सरकारले चासो नदिएको निर्देशक आलेमगरको आरोप छ ।

रात्रिकालीन क्षेत्रमा काम गर्ने श्रमिकले राम्रो सेवा सुविधा पाइरहेको रात्रिकालीन व्यवसायी संघका प्रवक्ता बताएका छन् । रात्रिकालीन मनोरञ्जन गर्ने कामदारले सरकारले तोकेभन्दा धेरै सेवा सुविधा पाइरहेको उनको भनाइ छ । पछिल्लो समय होटल र पर्यटनसम्बन्धी अध्ययन गरेका श्रमिक धेरै राख्न गरिएका कारण धेरै राम्रो सुविधा दिएर काम दिनुपर्ने प्रवक्ता लिम्बुले बताए ।

रात्रिकालीन क्षेत्रमा काम गर्ने श्रमिकले सरकारले श्रम ऐनमा तोकेअनुसारको सेवा सुविधा नपाएको भनेर उजुरी नआएको श्रम, तथा व्यवसायजन सुरक्षा विभागका महानिर्देशक लालमणि ओझाले बताएका छन् । उजुरी आए तत्काल अनुसन्धान गरेर कारवाही गर्ने उनको भनाइ छ ।

२०७३ सालदेखि तत्कालीन गृहमन्त्री जनार्दन शर्माले ठमेल र दरबारमार्गलाई २४ सैँ घण्टा खुलाउन आवश्यक सुरक्षा दिने बताएका थिए । रात्रिकालीन मनोरन्जन क्षेत्रको व्यवसायीलाई २४सैं घन्टा सञ्चालन गर्ने अनुमति पाएपनि सञ्चालन भने भइरहेका छैन । त्यसपछि यो क्षेत्रमा व्यवसायी र लगानी बढेसँगै रोजगारीका अवसर पनि धेरै सिर्जना भएको पाइन्छ । स्वदेशी मात्र नभई विदेशी पर्यटकलाई लक्षित गरी गजल, लाइभ ब्याण्ड, क्लब, लाउञ्ज रेष्टुराँ, डिस्को, दोहोरी साँझलगायत व्यवसायमा लगानी बढेको हो ।

सरकारले भनेजस्तो २४ सै घण्टा व्यवसायी सञ्चालन गर्नेसक्ने वातावरण नभएको प्रवक्ता लिम्बुले बताए । उनले भने, ‘रात्रिकालीन व्यवसायमा लगानी बढ्नु सकारात्मक भए पनि व्यवसायको सुरक्षा चुनौतीपूर्ण छ । जसका लागि सरकारले विशेष क्षेत्र घोषणा गरेर व्यवसायी र व्यवसायको सुरक्षाको व्यवस्था गर्नुपर्छ । रात्रिकालीन मनोरञ्जन क्षेत्रलाई पर्यटनको आकर्षण बढाउँछ ।’

हाल उपत्यकामा मात्र करिब १ लाखभन्दा धेरै साना ठुलो रात्रिकालीन व्यवसाय सञ्चालनमा छन् । राजधानीका पर्यटकीयस्थल ठमेल, दरबार मार्गमात्र नभई नयाँ गन्तव्य बनेको झम्सिखेल, सुन्धारा, लाजिम्पाट, नक्साल, बानेश्वर, गौशला, नयाँबसपार्क आदि स्थानमा यस्ता व्यवसाय विस्तार भइरहेका छन् ।

८० हजारभन्दा धेरै रोजगारी

रात्रिकालीन व्यवसायबाट करिब ८० हजारभन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाएको रात्रिकालीन व्यवसायी संघले जनाएको छ । यसरी रोजगारी पाइरहेका श्रमिकले राम्रो सेवा सुविधा पाइरहेको संघको दाबी छ । रात्रिकालीन मनोरञ्जन क्षेत्रबाट दैनिक २० करोडभन्दा बढीको कारोबार हुने गरेको र ८० हजारभन्दा धेरै रोजगारी पाइरहेको रात्रिकालीन व्यवसायी संघका प्रवक्ता सुवास लिम्बूले जानकारी दिए ।

विभिन्न पेशा व्यवसायमा आबद्ध मानिस दिनभर कामको थकानले साँझ थकान मेटाउन तथा मनोरञ्जनका लागि गजल, क्लब, रेष्टुराँ धाउने गरेका छन् । राजधानीका पर्यटकीयस्थल ठमेल, दरबार मार्गमात्र नभई नयाँ गन्तव्य बनेको झम्सीखेल, सुन्धारा, लाजिम्पाट, नक्साल, बानेश्वर, गौशला, नयाँबसपार्कजस्ता क्षेत्रमा पनि यो व्यवसाय र व्यापार बढिरहेको छ ।

सरकारले पछिल्लो समय पर्यटनको आकषण बढाउन यो क्षेत्रलाई व्यवस्थित गर्ने सञ्चालन गर्ने अनुमति दिइरहेको छ । रात्रिकालीन मनोरञ्जन क्षेत्रमा युवा जमतको आकर्षण पनि बढिरहेको छ ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ७ : ४३ बजे

राष्ट्रिय विकास परिषदको बैठक बस्दै, १६औँ योजनालाई अन्तिम रुप दिइने

काठमाडौं– राष्ट्रिय विकास परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित

महोत्तरी– महोत्तरीको मटिहानी–६ स्थित मुस्लिम बस्तीका अग्निपीडित परिवार राहतको प्रतीक्षामा

पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।